स्याङ्जा २ पुस । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी पुतलीबजार नगरपालिका वडा नं ४ मा भएको भेलाले दोलराज गौतम को अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
यसैगरी, दुई उपाध्यक्षमा प्रेमबहादुर राना र नरबहादुर पोख्रेल, सचिबमा इ सुरेन्द्र गौतम , उपसचिव धुर्व पोख्रेल , उपसचिब लक्ष्मण थापा निर्वाचित हुनु भएको हो ।
सदस्यहरुमा नन्दबहादुर बिक, संगिता बिक, छविलाल बिक, दुर्गा पोख्रेल, रामप्रसाद पोख्रेल , निर्मला थापा, सम्झना परियार, आरती परियार, टेकबहादुर राना, सीता परियार, पार्वती शर्मा,सकुन शर्मा पोख्रेल, लिलबहादुर परियार, अर्जुनबहादुर थापा, रुद्रप्रसाद पोख्रेल, प्रेमप्रसाद पोख्रेल, टुकनाथ पोख्रेल, लालबहादुर बिक, गुप्तबहादुर बिक, धनबहादुर बिक, अमृता थापा, तुलसीराम सुवेदी, बबे भुजेल, सोनु घर्ती, माया कार्की लगायत निर्विरोध निर्वाचित हुनुभएको हो ।
भेलाको उदघाटन गर्दै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एंव गण्डकी प्रदेश सहइन्चार्ज चुडामणि जंगलीले सच्चा कम्यूनिष्टको नीति र सिद्धान्तलाई आत्मसात गर्दै आफुहरु वडादेखि जिल्ला जिल्लासम्म यस्ता अभियान सञ्चालन गर्दे आएको बताउनुभयो । नेकपा एमालेमा भएको एकलौटी प्रवृद्धि बिरुद्ध आफुहरु बाहिरीएर समावादी पार्टी गठन गर्नुपर्ने अवस्था आएकोमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा पार्टी पोलिट्व्युरो सदस्य एंव स्याङ्जा जिल्ला इन्चार्ज प्रेमनारायण पौडेल, केन्द्रिय सल्लाहकार परिषद सदस्य लोकराज शर्मा, खड्ग नेपाली, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समिति सदस्य शोभाखर ढकाल, गण्डकी प्रदेश कमिटी सदस्य शुकदेव गौतम, जिल्ला कमिटी सचीव टिकाराम नेपाली, जिल्ला सचिवालय सदस्य शंकरध्वज कार्की, नेत्रबहादुर थापा, मनोज बराल, उपसचिव श्री गुरुङ, कार्यालय सदस्य राजेन्द्र मरासिनी लगायतले सबैका लागि स्वीकार्य निती र सिद्धान्त भएकाले नेकपा समाजवादीमा आउनेको लहर ह्वात्तै बढेकोमा उनीहरुको जोड छ ।
गुमानसिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम दोलराज गौतमले स्वागत एवं जिल्ला कमिटि उपसचिव श्री गुरुङले संचालन गर्नुभएको थियो ।