Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निर्वाचन आचारसंहिता पालना गर्ने स्याङ्जा ११ राजनीतिक दलको प्रतिवद्धता
    पुतलीबजार नगरपालिका

    निर्वाचन आचारसंहिता पालना गर्ने स्याङ्जा ११ राजनीतिक दलको प्रतिवद्धता

    Syangja SandeshBy Syangja SandeshApril 18, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ५ बैशाख । स्याङ्जाका राजनीतिक दलहरुले आसन्न स्थानीयतह निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन्। स्याङजा सदरमुकाममा सोमबार आयोजित स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचार संहिता २०७८ सम्बन्धी प्रशिक्षण कार्यक्रममा जिल्लास्थित क्रियाशिल ११ वटा राजनीतिक दलहरुले सामूहिक प्रतिवद्धता जनाएका हुन्।

    नेकपा एमालेका सहसचिव राजेन्द्र ड्म्रे, नेपाली कांग्रेसका प्रवक्ता भरत लम्साल, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नारायण लम्साल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामचन्द्र भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रप्रसाद गुरुङ, जनमुक्ति पाटीका अध्यक्ष बमबहादुर लामिछाने, मौलिक जरोकिलो पाटीका केन्द्रीय सदस्य कमल काफले, वीपी कांग्रेसका सचिव देवकला भट्टराई, मंगोल नेशनल अर्गानाइजेशनका अध्यक्ष नेमबहादुर गुरुङ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले निर्वाचनलाई स्वतन्त्र, भयरहित, निस्पक्षरुपमा सम्पन्न गर्नका लागि आचारसंहिता पालनाको प्रतिवद्धतासहित धारणासहितका सुझाव दिएका छन्।

    यसैगरी निर्वाचनका बेला उत्पन्न हुने विवाद निरुपणका लागि जिल्लास्तरीय र पालिकास्तरीय संयन्त्र गठन गर्ने निर्णय भएको छ। निर्वाचनका बेला जुनसुकै परिस्थितीको समाधानका लागि जिल्लामा प्रमुख निर्वाचन अधिकृत संयोजक रहनेगरी प्रमुख जिल्ला अधिकारी, जिल्लाका क्रियाशिल राजनीतिक दलहरुका प्रमुखहरु, निर्वाचन अधिकृतहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र जिल्ला निर्वाचन अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गर्ने निर्णय भएको छ।

    पालिका स्तरमा पनि सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको संयोजकत्वमा, स्थानीय तहमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरु र स्थानीयतहमा रहेका सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने समिति गठन गर्ने निर्णय भएको हो।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले निष्पक्ष, भयरहित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्न हामी सबैको कर्तब्य र जिम्मेवारी रहेको बताउदै सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले निर्वाचन आचार संहिता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जिल्लाका वस्तुगत अवस्था, सुरक्षा संयन्त्र लगायतका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीले गर्नुभएको छ ।

    कार्यक्रममा ११ वटै पालिकाका निर्वाचन अधिकृत, जिल्ला स्थित राजनीतिक पाटीका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारीलगायतको सहभागिता थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.