स्याङ्ना १ बैशाख । नेपालीका नयाँ बर्षको पहिलो दिन आज । आजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०८० सुरु भएको छ ।
आजको दिन साथीभाई, आफन्त र इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाउने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्सङ्कल्प गर्ने पनि गर्दछन् ।
बाह्रौंँ शताब्दीमा भारतको गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासमा सुन्न पाइन्छ । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति पनि भनिन्छ । नयाँ वर्षका अवसरमा देशका विभिन्न ठाउँमा मेला लागेको छ । विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो ।
