स्याङ्जा १६ असोज । धवलागिरी हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् ।
संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु सहित आफ्नो कम्पनीका २० जना पुग्नुभएका सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।
गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।