स्याङ्जा २५ कात्तिक । नेकपा माओबादी केन्द्रका स्थायि समिति सदस्य अमृता थापाले देशको आवश्यकताले गठबन्धन गरिएको बताउनु भएको छ ।
पुतलीबजार नगरपालिका १ अरौदीमा गरिएको कार्यक्रममा स्याङ्जा क्षेत्र नं १ कको उम्मेदवार रहनु भएकी थापाले देशमा स्थिर सरकार, संविधान कार्यान्वयन गठबन्धन गरिएको दाबी गर्नुभयो । माओबादी स्थिर सरकारको लागि एक पटक केपी शर्मालाई अवसरमा दिएको बताउदै थापाले असफल भएपछि नयाँ गठबन्धन भएको बताउनुभयो ।
लाहुरे खोजेर बिवाह गर्ने परिवारबाट जन्मेको आफु भएपनि देशको हितमा काम गर्ने गरी जनयुद्ध लडेको र पहिलो पटक आफ्नो जन्मथलोको बिकासमा निर्वाचनमा होमिएको थापाको भनाई थियो । मौलिक हकअधिकारहरु स्वास्थ्य, शिक्षा, गासबास कपासको लागि गठबन्धन लामो समय सम्म आवश्यक रहेको बताउदै थापाले कृषि, पुर्वाधारमा आफ्नो चासो रहने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य युवराज पराजुली, नेपाली काग्रेस वडा सभापति बाल कुमार श्रेष्ठ लगायतले मन्तब्य राख्नुल भएको थियो । थापालाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको पहिलो महिला मुख्य मन्त्रीमा प्रस्ताब समेत गरिएको छ ।
पछिल्लो क्रममा स्याङ्जामा उम्मेदवार गाँउ गाउँ पुगेसगै निर्वाचनको सरगर्मी बढेको छ ।