स्याङ्जा १५ कात्तिक । बिद्यालय तहबाटै बालबालिकालाई पर्यटनको आवश्यकता र महत्वका बारेमा जानकारी गराउने उदेश्यले पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श माध्यमिक बिद्यालयमा मंगलबार बक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
नेपाल टुरिजम बोर्ड, युएनडीपी र एसटीएलआरपीको सहकार्यमा गण्डकी प्रदेशको पर्यटन र संभावना बिषयक बक्तृत्वकला प्रतियोगिता गरिएको हो।
प्रतियोगितामा प्रबेश गोदार प्रथम, आकृती बुडा मगर द्धितिय र सोएफ अली तृतिय भएका छन्। प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कृत गरिएको छ।
स्याङ्जाको पर्यटनक्षेत्र प्रती युवा विद्यार्थीहरुलाई उत्प्रेरित र प्रवद्र्धन गर्ने लक्ष्य सहित कार्यक्रम गरिएको टुरिजम रिसर्चका अध्यक्ष मदन बरालले जानकारी दिनुभयो । कार्यक्रममा निर्देशक सरोज प्याकुरेलले पर्यटनमा हालका अवस्था बारे जानकारी गराउदै पर्यटनमा गण्डकी प्रदेश अब्बल रहेकोमा जोड दिनुभयो ।
प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीको संरक्षकत्वमा शिक्षक अर्जुन पौडेल संयोजक र सुधिरा शाह क्याप्टेन रहनेगरी ११ सदस्यीय पर्यटन क्लब समेत गठन गरेको छ ।
कार्यक्रममा विद्यालय सुपरिवेक्षक ओमप्रकास शर्मा, सहायक प्रधानाध्यापक प्रेम पौडेल, जीवन अधिकारी र शान्ती रेग्मी लगायतले नेपालमा पर्यटन मार्फत समृद्धी र उन्नती गर्न सकिने जनाउदै बिद्यालयतहदेखि नै विद्यार्थीलाई पर्यटनको वारेमा जानकारी गराउन यस्ता खालका अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउनुभयो ।