Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ज्याग्दीखोला प्रतिष्ठानद्धारा साहित्यकार अधिकारी, नेपाली र गिरीलाई सम्मान गरिने
    समाचार

    ज्याग्दीखोला प्रतिष्ठानद्धारा साहित्यकार अधिकारी, नेपाली र गिरीलाई सम्मान गरिने

    Syangja SandeshBy Syangja SandeshSeptember 17, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ असोज । ज्याग्दीखोला साहित्य प्रतिष्ठानले स्याङ्जा यसबर्ष ३ साहित्यकारलाई सम्म्मान गर्ने भएको छ। साहित्यिक क्षेत्रमा योगदान पु¥याएको भन्दै यसबर्ष साहित्यकारहरु क्रमश ः डा. कृष्णराज अधिकारी, पिताम्बर नेपाली र चिन्तु गिरीलाई सम्मान गरिने भएको हो।

    ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’– २०७९ बाट अघिकारीलाई सम्मान गरिने भएको छ। प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा सो पुरस्कार स्थापना गर्नुभएको हो ।
    विगत ४ दशकदेखि साहित्यिक क्षेत्रमा कार्यरत अधिकारी कास्कीको पोखरामा जन्मेर उहीं ने साहित्यिक क्षेत्रमा सेवारत छन्। प्रगतिवादी साहित्यको उन्नयनमा समर्पित अधिकारीका समालोचना, कविता, कथा, निबन्ध लगायतका विधामा कृतिहरु प्रकाशित छन्।

    उनका ‘स्मृतिका बिम्बहरू’ (नियात्रा, २०६३), ‘महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्य’ (समालोचना, २०६६), ‘सुरूङ खन्दैछन् मुसाहरू’ (कविता सङ्ग्रह, २०६८), ‘साहित्यिक अवलोकन’ (समालोचना, २०७१), ‘केही सिर्जनाः पृथक विवेचना’ (समालोचना, (२०७८), ‘अँध्यारो यात्रा’ (कथा सङ्ग्रह, २०७८) लगायतका कृतिहरू प्रकाशित कृति हुन्।
    विस २०७५ सालमा स्थापित यस पुरस्कारबाट २०७६ सालमा प्रा.डा. ताराकान्त पाण्डेय, २०७७ सालमा प्रा.डा. रविलाल अधिकारी र २०७८ सालमा दिल साहनी सम्मानित भैसकेका छन्। पुरस्कारको राशी १५ हजार नगद सहित सम्मान पत्र छ।

    यसैगरी, ‘ज्याग्दीखोला साहित्य सम्मान’– २०७९ पिताम्बर नेपालीलाई प्रदान गरिने छ। स्याङ्जाको आँधीखोला गाउँपालिकामा जन्मेर ५ दशकदेखि निरन्तर साहित्यमा समर्पित नेपालीलाई २०७९ को ज्याग्दीखोला साहित्य सम्मानबाट पुरस्कृत गरिने भएको हो।  नेपालीका ‘पेटको राँको’ (कविता सङ्ग्रह, २०२२), ‘सिमानाको गीत’ (बालकविता सङ्ग्रह, २०६५), ‘उखरमाउलो’ निबन्ध सङ्ग्ह, २०६९), ‘रहरको खहरेमा बयली खेल्दै’ (नियात्रा, २०७१), ‘सिलो’ (कविता सङ्ग्रह, २०७२) लगायतका कृतिहरु प्रकाशित छन्।
    सो सम्मानद्वारा अहिलेसम्म २०७४ मा डा. महेश्वर शर्मा, २०७५ मा प्रा.डा. गोविन्दराज भट्टराई, २०७६ मा केदार शर्मा ढकाल, २०७७ मा देवीप्रसाद वनवासी र २०७८ मा ईश्वरी ओझाले सम्मान पाएका छन्। पुरस्कारको राशी १५ हजार नगद सहित सम्मान पत्र छन् ।

    यस्तै, कवि चिन्तु गिरीलाई ’ज्याग्दीखोला साहित्य–कला पुरस्कार’– २०७९ प्रदान गरिने छ। स्याङ्जाको पुतलीबजार नगरपालिमा जन्मेर साहित्यमा बिशेष योगदान पुरयाएको भन्दै गिरीलाई सम्मान गरिने भएको हो।
    प्रतिष्ठानले यस पुरस्कारबाट गण्डकी प्रदेशमा रहेर साहित्य, सङ्गीत तथा कलाको साधना गरी विशिष्ट योगदान पु¥याउने स्रष्टाको सम्मान गर्ने जनाएको छ।
    कवि गिरीका ‘मेरो धर्ती’ (कविता सङ्ग्रह– २०५०), ‘बिरामी वर्तमान’ (कविता सङ्ग्रह– २०५९), ‘गोलैँचीका फूलहरु’ (गीती कविता सङ्ग्रह– २०६१), छन्दका पत्करहरु (कविता सङ्ग्रह– २०६६)’, ‘पछुतो’ (कथा सङ्ग्रह– २०६९) लगायतका कृतिहरु प्रकाशित छन्। यस सम्मानबाट साहित्यकारहरु गंगा कर्माचार्य पौडेल, विश्वप्रेम अधिकारी र छायादत्त न्यौपाने ‘बगर’ सम्मानित भैसकेका छन्। पुरस्कारको राशी १० हजार नगद सहित सम्मान पत्र छ।

    प्रतिष्ठानका सदस्य मिनुइन्द्र लम्सालको संयोजकत्वमा सल्लाहकार लोकबहादुर थापा र ‘ज्याग्दीखोलाको तरङ्ग’ का कार्यकारी सम्पादक नारायण मरासिनी रहेको तीन सदस्यीय प्रतिभा छनोट समिति गठन गरेर सम्मानित ब्यक्तित्व चयन गरेको हो । प्रतिष्ठानले दशैंपछि तिहारअघिको समयमा पुरस्कार एवं सम्मान गर्दै आएको छ। तीन वटै सम्मान तथा पुरस्कारहरु प्रत्येक वर्ष प्रदान गर्दै आएको छनौट समिति सदस्य नारायण मरासीनीले जानकारी दिनुभयो ।

     

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.