स्याङ्जा २४ जेठ । अर्जुनचौपारी गाउँपालिका ३ खोलेमा भएको गाडी दुर्घटनाममा गम्भीर घाईते चालकको मृत्यु भएको छ ।
जिल्ला समन्वय समितिको पीक अप गाडी बुधबार साझँ दुर्घटना हुदाँ ४ जना घाईते मध्ये चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना खतरामुक्त रहेको बताइएको छ ।
दुर्घटनामा चालक ३५ बर्षिय अमृत खनालको मृत्यु भएको हो । दुर्घटनामा ४५ बर्षिय जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, बिद्युत सुपरभाइर ४५ बर्षिय टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन ।
शिरुबारीबाट खोले हुदै रापाकोट जानेक्रममा बा १ झ ५८७८ नम्बरको गाडी सडक भन्दा करिब ५० मिटर तल खसेको हो । दुर्घटना बारे थप अनुसन्धान अगाडी बढाएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालको भनाई छ । घाइतेको जिल्ला अस्पतालमा थप उपचार भैरहेको छ ।