स्याङ्जा, १२ कात्तिक । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादी पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजायँ तोकिएका फरार प्रतिवादी ४५ बर्षपछि पक्राउ परेका हुन् ।
२०३६ साल माघ १७ गते जिल्ला अदालत स्याङ्जाले जन्मकैदको फैसला गरेको चापाकोट ८ का ७३ वर्षीय गणेश बहादुर कुमाललाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका कुमालले आफुलाई गोरे कुमाल भनी नाम परिवर्तन गराई स्याङ्जाबाट भागी नवलपरासीमा परिवार सहित लामो समयदेखी लुकीछीपी बस्दै आएकोमा विशेष सूचनाको आधारमा दशैमा पुरानो घरमा आएर फर्कदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका । प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । कुमाललाई अदालतले सजायँ भुक्तानका लागी कारागार चलान गरेको छ ।