स्याङजा ३ पुस । पुतलीबजार नगरपालिका १० स्थित जनजागृती तरकारी तथा फलफूल सहकारी संस्थाको १८ औं अधिवशेनले बिष्णुप्रसाद अर्यालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दुर्गा रेग्मी, सचिवमा लक्ष्मण शाह, कोषाध्यक्षमा बिष्णु भट्टराई (अर्याल), सदस्यमा अर्जुन अर्याल (सुवास), प्यामनारायण अधिकारी र बिष्णु अर्याल निर्वाचित हुनु भएको छ । यसैगरी, लेखा समितिमको संयोजकमा गंगा अर्याल र सदस्यमा तिलकुमारी सार्की र बिजयबन्धु अर्याल चयन हुनुभएको हो ।
अधिवेशनमा बोल्दै वडा अध्यक्ष दुर्गाबहादुर शाह, सहकारी शाखा प्रमुख विष्णुप्रसाद ढकाल, सीतलादेवी बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव अनन्तनारायण अर्याल, सिद्धवावा सहकारीका खेमबन्धु अर्याल, स्थानीयबासी मोतीलाल अर्याल, माधवप्रसाद रेग्मी शुभकामना मन्तब्य र लेखा समिति संयोजक थानेश्वर अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष ऋषिकुमारी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गा रेग्मीले स्वागत एवं शित भण्डार सहकारीका उपाध्यक्ष गणेशबन्धु अर्यालले धन्यवाद र सचिव बिष्णुप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।