स्याङ्जा १९ कात्तिक । मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको १९ औं साधारणसभा सम्पन्न भएको छ । चुरे ध्वस्त पाइदैन, मरुभूमिकरण गर्ने नीति चाहिदैन’ भन्ने नाराका साथ साधारणसभा गरिएको हो ।
साधारणसभाको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले पूर्व राष्ट्रपति रामबरण यादवको पालामा चुरे संरक्षण अभियान संचालन गरिएता पनि कार्यान्वयन हुन नसक्नु दुखद रहेको बताउनुभयो । सरकारले चुरे दोहनको नीति परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । राजश्व संकलनका नाउमा राज्यले प्राकृतिक सम्पतीमा हानी नोक्सानी पुरयाउन नहुनेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर रावलले चुरे संरक्षणबाट उत्पन्न नकारात्मक प्रभाव र यसको संरक्षणको आवश्यकताका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा समाजका केन्द्रीय सदस्य अनुजा शैजु, पूर्व केन्द्रिय सदस्य भरतप्रसाद लम्साल, कास्की शाखा सभापति तीर्थराज न्यौपाने, स्याङ्जा उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र नेपाल, नेपाली कांग्रेस नगरसभापति सुरजकुमार अधिकारी, समाजका जिल्ला सभापति हरिप्रसाद रेग्मी, आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल लगायतले मानवीय तथा सामाजिक जीवनमा चुरे दोहनले पार्न असरका बारेमा समयमै सचेत बन्नु बनाउनु पर्नेमा जोड दिनुभयो ।

स्याङ्जा शाखाका सभापति हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति भवानी अधिकारीले बार्षिक प्रतिवेदन, सचिव गंगादेवी अर्यालले संचालन र सहसचिव हरिप्रसाद अर्यालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मानवअधिकारकर्मी, बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, राजनीतिकर्मी, समाजसेवी, उद्योग ब्यवसायी, आमा समूह, क्लवबाट सहभागि थिए ।