Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चापाकोटमा कृषि कलेज बन्ने, विकासमा होइन राजनीति गर्ने –मन्त्री गुरुङ
    चापाकोट नगरपालिका

    चापाकोटमा कृषि कलेज बन्ने, विकासमा होइन राजनीति गर्ने –मन्त्री गुरुङ

    Syangja SandeshBy Syangja SandeshFebruary 28, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गोपाल जिटी \

    स्याङ्जा १६ फागुन । चापाकोटमा प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन ( कृषि ) कलेज सञ्चालन हुने भएको छ । चापाकोट नगरपालिका वडा नम्बर ८ रत्नपुरमा कृषि कलेज सञ्चालन गरिने भएको हो ।

    चापाकोट नगरपालिकाको आयोजनामा बुधबार प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालन सम्बन्धमा वृहत छलफल कार्यक्रम मार्फत जानकारी गराइएको हो ।

    कार्यक्रममा सम्वोधन गर्दै नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विकासका कामहरु सबैको साझा काम भएको बताउनुभयो । कतिपय विकासका कामहरुमा राजनीति गरेको देखिन्छ, त्यो गलत भएको भन्दै मन्त्री गुरुङले विकासका काममा होइन, देश र जनताका लागि राजनीति गरिनुपर्ने बताउनु भएको हो । चापाकोटमा कृषि कलेज सञ्चालनका लागि आँफूलगाएत सबै दलका प्रतिनिधीको सहभागितामा प्रधानमन्त्री समक्ष कुरा राखेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो–“ यहाँ कृषि कलेज सञ्चालनका लागि काङ्ग्रेस, एमाले, माओवादीलगायत सबै दलका प्रतिनिधिको पहलमा कुरा अगाडि बढेको हो । यो क्याम्पस यो वा त्यो कुनै पनि दल विशेषको होइन । यहाँ सबैजनाको पहलकदमी छ, सबैले अध्ययन गर्ने हो, लाभान्वित हुने हो । त्यसैले सबैको साझा काम र साझा उपलव्धी हुने छ ।”

    हामीले चाहे जस्तो विकास नहुनुको कारण काममा गरिएको राजनीति भएको उहाँको भनाई छ । सत्तामा रहेकालाई प्रतिपक्षले सराप्ने र प्रतिपक्षमा रहेकालाई वास्ता नगर्ने नेपाली राजनीतिमा रहेको गलत प्रवृत्ति हो, यसलाई हामी सबैले त्याग्नुपर्छ । काम जे सुकै होस् आँफनो पार्टी बन्नुपर्छ भन्ने सोंचले नै विकासले फड्को मार्न नसकेको हो ।

    आँफू कहिल्यै पनि विकासका काममा त्यसरी नहेर्ने र त्यो पक्षमा नरहेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । त्यसैले चापाकोटमा बन्ने कृषि कलेज हामी सबैको प्रतिष्ठाको विषय बनिसकेकाले सबै मिलेर छिटो सञ्चालनमा ल्याउनुपर्नेमा उहाँको जोड छ । यसका लागि आँफूले जोडबलकासाथ लाग्ने मन्त्री गुरुङको भनाई छ ।

    यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका डिन अर्जुनकुमार श्रेष्ठले कृषि कलेजलाई धेरैले सामान्यरुपमा हेर्ने गरेको पाइन्छ तर त्यस्तो नभएको बताउनुभयो । कृषि कलेज एवम् कृषि तथा वन विज्ञानको अध्ययन र क्षेत्र महान र विशाल रहेको उहाँको भनाई छ । २०७२÷०७३ मा कृषि क्याम्पस सञ्चालन सम्बन्धी ऐन बनेसँगै नेपालका १३ स्थानमा कृषि कलेज स्थापना गर्ने नियम बनेको हो । सोहि अनुसार चापाकोटमा पनि सञ्चालन हुन लागेको उहाँले उल्लेख गर्नुभयो । त्यसैले विश्वविद्यालय कलेज खोल्न तयार रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधिश तीलप्रसाद श्रेष्ठले कृषि कलेल सञ्चालनका लागि बजेट, दरवन्दी र पूर्वाधार मुख्य हुन्छ, यसको व्यवस्थापन भैसकेको उल्लेख गर्नुभयो । शिक्षाजस्तो क्षेत्रमा अरु काम जेसुकै होस् मेरो राजनीति विग्रनुहुँदैन या राम्रो हुनुपर्छ भनेर लाग्न हुँदैन । यो कलेज कुनै पार्टीको हुँदैन, चापाकोटवासीकासाथै देशकै कलेज हुने उहाँले बताउनुभयो ।

    गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्लले यहाँ बन्ने कृषि क्याम्पस चापाकोटवासीको मात्र नभएर समग्र जिल्लावासीकै गौरवको विषय भएको बताउनुभयो । यसका लागि जग्गाको व्यवस्थापन भैसकेको र आवस्यक थप जग्गाको लागि पहल भैरहेको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रमको सूरुमा चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाँण ( इश्वर ) ले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । जानकारीसँगै कृषि कलेज सञ्चालनका लागि नगरपालिकाले के के गर्नुपर्ने हो, सबै गर्न तयार रहेको व्यक्त गर्नुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.