स्याङ्जा ८ भदौ । निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावलीलाई बैद्यानिकता दिने उदेश्यले दावी बिरोध गर्न सुचित गरेको छ।
मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनका लागि जिल्लाभरका अन्तिम मतदाता नामावली तयार पार्नका लागि जिल्ला निर्वाचन कार्यालयले एक साताका लागि दावी बिरोध गर्न सकिने ब्यवस्था गरेको हो।
निर्वाचन कार्यालयद्धारा बुधवार स्याङ्जा सदरमुकाममा आयोजित सरोकारवालीबीचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले यही भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने बताउनुभयो ।
उहाका अनुसार, ‘झुटा बिवरण भएका, एक भन्दा वढी स्थानमा नामावली भएका, मृत्यु भैसकेका ब्यक्ति लगायत त्रुटी सच्चाउने र एउटै वडाभित्रका अपायक स्थानमा मतदान केन्द्र भएमा पायक पर्ने स्थानमा सार्न सकिनेगरी दावी बिरोध गर्न सकिनेछ।’
यसैगरी, नागरिकता त्याग गरेका र उजुरी परेका मतदातालाई प्रमाण सहित सफाईको मौका समेत मिल्ने उनले जानकारी गराएउनुभयो ।
दावी बिरोधका लागि जिल्ला निर्वाचन कार्यालयमा जानकारी÷उजुरी गर्न र सबै पालिकामा मतदाता नामावली अद्यावधिक गर्न सकिने ब्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार स्याङ्जामा २ लाख ४८ हजार ३३३ मतदाता छन। ती मध्ये पुरुषको संख्या १ लाख २० हजार ९४१ र महिलाको संख्या १ लाख २७ हजार ३९१ छ।
स्थानीय तह निर्वाचनपछि पुरुषतर्फ ४ हजार २७५ र महिलातर्फ ३ हजार ५२३ गरी ७ हजार ७ सय ९८ जना मतदाता थप भएका छन्। मतदाता नामावलीमा फोटो खिचाएका र मंसीर ३ गतेसम्म १८ बर्ष पुगेका नागरिकले मतदान गर्न पाउनेछन्।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाको अवस्थाका र समस्याका बारेमा सुझाव दिदै वडा तहदेखि जिल्लासम्म वास्तविक पंजिकाको ब्यवस्था मिलाउन सुझाव दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका सदस्य सोमनाथ लम्साल, नेकपा एमालेका अमृत श्रेष्ठ, राप्रपाका सचिव श्यामकृष्ण श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, नेकपा एसका शंकरध्वज कार्की, जय मंगोल अर्गानाइजेशनका सचिव विकास गुरुङ् लगायतले जिज्ञासा एवं सुझाव दिनुभएको थियो ।
अन्र्तक्रियामा जिल्ला स्थित राजनीतिक दलहरु, स्थानीय पालिका प्रमुख, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागीता थियो।
Sunday, June 8
Trending
- इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
- भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
- सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
- चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै