Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ महोत्सव सुरु, स्थानीय उत्पादन बढाउन पूर्वमन्त्री धनराज गुरुङको जोड
    गल्याङ् नगरपालिका

    गल्याङ महोत्सव सुरु, स्थानीय उत्पादन बढाउन पूर्वमन्त्री धनराज गुरुङको जोड

    Syangja SandeshBy Syangja SandeshApril 15, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ बैशाख । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा गल्याङमा तेस्रो गल्याङ महोत्सव शुक्रवारबाट शुरु भएको छ ।

    ‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने नारासहित सुरु भएको १० दिने महोत्सवको पुर्व कानुनमन्त्री धनराज गुरुङले उद्दघाटन गर्दै दुध जन्य पदार्ग र तरकारीबाट गल्याङ्लाई चिनाउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका पुर्व उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, प्रदेश सांसदद्धोय कल्पना तिवारी र महेश भटराई, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई, वालिङ नगरउपप्रमुख कविता तिवारी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, नेपाली कांगे्रसका गल्याङ नगरसभापति श्यामप्रसाद बस्याल, नेकपा एमाले नगर अध्यक्ष दानबहादुर राना, नेकपा माओवादीका चित्रबहादुर राना, समाजसेवी पदमबहादुर गाहा लगायतले महोत्सवको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

    उद्योग वाणिज्य संघ गल्याङ्का अध्यक्ष डोलप्रसाद श्रेष्ठ धु्रवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बलराम श्रेष्ठले स्वागत एवं महासचिव उमा श्रेष्ठले संचालन गर्नुभएको थियो ।

    स्थानीयस्तरमा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीहरुको ब्यवसायिक प्रवद्र्धन, धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले प्रचूर संभावना भएका स्थलहरुको प्रचारप्रसार गर्ने, मौलिकरुपमा रहेका कला संस्कृतिहरुको संरक्षण र सम्वद्र्धनमा जोड दिने गरी महोत्सव आयोजना गर्न लागिएको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (ध्रुब) ले बताउनुभयो ।

    महोत्सवको पहिलो दिन राष्टिय कलाकारहरु शिव हमाल, धनश्याम रिजाल लगायतका कलाकारहरुले आफ्ना प्रस्तुति राखेका थिए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा करिव डेढ करोडको आर्थिक कारोबार र करिव एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकको छ ।

    महोत्सवमा एकसय ४० स्टल रहेका छन् । स्थानीय ब्यापारी ब्यवसायीलाई स्टल भाडामा २५ प्रतिशतसम्म छुट दिईएको छ । स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुपंक्षीजन्य सामग्रीहरु, हस्तकलाका सामग्रीहरुकालागि २० वटा निशुल्क स्टलको ब्यवस्था गरिएको गल्याङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञप्रसाद अर्यालले बताउनुभयो ।

    महोत्सव अवधिभर ५४ लाख ९५ हजार आम्दानी हुने र खर्च कटाएर कूल ५ लाख ७५ हजार वचत गर्ने महोत्सव मुल आयोजक समितिका सञ्चार संयोजक विष्णु अधिकारीले बताउनुभयो । पहिलो र दोस्रो महोत्सवबाट वचत भएको रकमले गल्याङ बजारको सुरक्षालाई ध्यान दिंदै सिसी क्यामेरा जडान गरिएको छ । वचत रकमबाट संस्थाको भवन निर्माणकालागि जग्गा र सामाजिक कामहरुमा खर्च गरिने भएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.