स्याङ्जा १५ बैशाख । गल्याङ नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा नगरबासीलाई पहुँच पु¥याउने उदेश्यले विभिन्न रोगका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
केही महिना अगाडि गल्याङ नगरपालिका भित्रका ११ वटा वडाहरुमा निःशुल्क बृहत स्वास्थ शिविर सञ्चालन गरको नगरले नेपाल नेत्र ज्योति संघ हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र गल्याङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा निःशुल्क आँखा जाँच,औषधि तथा चस्मा वितरण कार्य सम्पन्न गरेको छ । गल्याङ नगरपालिका भित्र ५ ठाउँमा सञ्चालन गरिएको शिविरमा २ हजार १०० सय जना बिरामीले सेवा लिनु भएको छ ।
कार्यक्रमको समापन गर्दै गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले आर्थिक हिसाबले विपन्न जो औषधि उपचारका लागि अस्पताल सम्म पुग्न सक्ने र उपचार गराउने क्षमता छैनन उहाँहरुका लागि यस्ता शिविरले महत्व राख्ने कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो केही महिना अगाडि बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र अहिले आयर निःशुल्क आँखा शिबिर सम्पन्न भएको बताउदै आगामी दिनमा सामान्य देखि घातक रोगहरुको शिविर गाउँ,टोल टोलमा सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले भन्नु भयो सर्ब प्रथम नागरिक स्वास्थ्य भए व्यक्ति घरपरिवार र समाज स्वास्थ्थ हुने र स्वच्छ नागरिकले समृद्व नगर निर्माणमा टेवा पु¥याउने कुरा बताउनु भयो । आर्थिक अभाव भएका नागरिकलाई पनि स्वास्थ्य उपचारको पहुँच पु¥याउनु मेरो लक्ष्य हो नगर प्रमुख भट्टराईले भन्नु भयो ।
५ दिन सम्म गल्याङ नगरपालिका भित्रका वडा नं.८, वडा नं.६, वडा नं.४ , वडा न. ११ र वडा नं.३ मा गरि ५ वडामा सञ्चालन भएको निःशुल्क आँखा जाँच,औषधि तथा चस्मा वितरण कार्यक्रममा २ हजार १०० जनाले सेवा लिनु भएको थियो भने ६०० चस्मा र निःशुल्क औषधि समेत निःशुल्क वितरण गरिएको कुरा गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद ओलीले जानकारी दिनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुर्गा प्रसाद भट्टराईले गर्नु भएको थियो ।