स्याङ्जा ४ जेठ । गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका गुरुप्रसाद भट्टराई र हेमा न्यौपाने विजयी हुनु भएको छ । भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैह्र९पारस०लाई ६ सय ९९ मतले पछि पार्दै विजयी हुनु भएको हो । यसैगरी एमालेकै उपप्रमुख देवी थापालाई ६३ मतले पछि पार्दे न्यौपाने विजयी हुनु भएको छ ।
प्रमुख भट्टराईले ९ हजार ६२१ मत पाउँदा उहाका प्रतिस्पर्धी गैहेले ८ हजार ९२२ मत पाएका छन्। यसैगरी न्योपानेले ९ हजार ११८ मत पाउँदा थापाले ९ हजार ५५ मत पाउनु भएको छ । नगरपालिकाको वडा नं १, ३, ४, ६, ९ र १० गरी ६ वटा वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन्। वडा नं २, ७, ८ र ११ मा नेकपा एमाले र वडा नं ५ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार विजयी भएका हुन ।
यसैगरी गल्याङ् नगरपालिका १ देखि ११ सम्मका निर्वाचित वडाअध्यक्षमा क्रमश स् मणीप्रसाद बस्याल, खर्गबहादुर थापा ९अशोक०, कृष्णप्रसाद भट्टराई, ढाकाराम न्यौपाने, घनश्याम भट्टराई, दिप गुरुङ, झवीलाल पाण्डे, झिमबहादुर थापा, नामदेव खनाल, मुक्ति खनाल र दलबहादुर सिंजाली निर्वाचित हुनु भएको हो ।
यसअघि २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका भुपराज अधिकारी र देवी थापा निर्वाचित हुनु भएको थियो। यसअघि गल्याङ् नेकपा एमालेको बलियो पडक क्षेत्र हो। यहाँ १९ हजार ८८० जनाले मतदान गरेका थिए। नगरको मतदाता संख्या २९ हजार ५५७ जना हो।
Saturday, September 20
Trending
- आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित