Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ्को एघारौं सभा सम्पन्न, ८२ करोड ५६ लाखको बजेट पारित
    गल्याङ् नगरपालिका

    गल्याङ्को एघारौं सभा सम्पन्न, ८२ करोड ५६ लाखको बजेट पारित

    Syangja SandeshBy Syangja SandeshJune 27, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १३ असार । गल्याङ नगरपालिकाको ११ औं सभा सम्पन्न गरेको छ । नगरसभामा पालिकाका नीति तथा कार्यक्रम लगायत बिबिध बिषयमा जानकारी गराउदै नगर प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकालाई शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने प्रमुख लक्ष्य लिएको जानकारी दिनुभयो ।

    नगरपालिका भित्र सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी संख्याको २० प्रतिशत र क्याम्पसमा अध्धयनरत विद्यार्थी संख्याको १० प्रतिशत गरिव विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने, खोज अनुसन्धान तथा नवप्रवर्तनलाई प्रवद्र्वन गर्न अन्तरपालिकाको सहकार्य र समन्वयमा एक शैक्षिक अनुसन्धान केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम छ।

    नगर भित्र खरका छाना हटाउने भएको छ । समृद्ध नगर बनाउने उदेशयले नगरपालिकाले नगर भित्र रहेका खरका छाना बिस्थापित गर्ने नीति छ। खरको छानामुक्त नगर बनाउने अभियान कार्यक्रममा उल्लेख छ ।
    सबै नगरवासीलाई आयआर्जनमा जोड्न जमिन बाँजो राख्न नपाईने अभियानलाई प्रथामिकतामा राख्ने, वैज्ञानिक भुमी व्यवस्थापन गरी भुमीको बर्गिकरण गर्दै कृषि क्षेत्रको बिशेष संरक्षण गरिने उल्लेख छ। बाँजो जमिनको सदुपयोग नगर्ने जमिनलाई नगरपालिकाले लिएर युवा स्वरोजगार लक्षित गर्दै कृषिलाई उत्पादनमा जोड्ने लक्ष्य नगरपालिकाले लिएको नीति तथा कार्यक्रममा छ । नगर प्रमुख भट्टराईले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटन र युवाहरुका लागि खेलकुद लगायत बिषयमा बिशेष जोड छ।

    गल्याङ बजारमा देखिएको सार्वजनिक शौचालयको समस्या, फोहोर व्यवस्थापनमा देखिएको चुनौतीका बिषयमा प्रथामिकता दिइएको छ । एक घर एक धार अभियानलाई निरन्तरता दिदै ३ बर्षभित्र नगरपालिका भित्र सबै घरमा खानेपानी सगै स्वच्छ खानेपानीको व्यवस्था मिलाईने नगर प्रमुख भट्टराईले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    गल्याङ नगर अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालको लागि आवश्यक मापदण्ड पुरागर्न ओएण्डएम गरि स्तरोन्नती गर्दै केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त सुविधा बढोत्ततरीमा जोड दिईने, जेष्ठ नागरिक, अपाङ्ग भएका व्यक्ति, दीर्घ रोगी, अशक्त, असहाय व्यक्तिहरुको समय समयमा घरदैलोमै पुगी सुगर, युरिक एसिड, मोतिया बिन्दू लगायतका रोगहरुको घुम्ती टोली पठाई स्वास्थ्य परीक्षण गर्ने, कृषि पेशालाई बैज्ञानिक ढङ्गबाट व्यवस्थापन गरि कृषिको व्यवसायीकरण, विविधिकरण यान्त्रिकरण तथा बजारीकरणमा जोड दिई गल्याङ नगरपालिकालाई आत्मनिर्भर बनाउने नीति लिईने नगर प्रमुख भट्टराईले उल्लेख गरेका छन् ।

    कृषक समूह पहिचान तथा वर्गिकरण तथा सूचिकरण गरि कृषि क्षेत्रको दिगो विकासका लागि बाह्रैमासे सिचाई सुविधा पु¥याउन र वास्तविक किसानलाई आवश्यक उन्नत विउविजन मलखाद र यान्त्रीकरणको व्यवस्था गरिने, कृषि यान्त्रीकरण मार्फत उत्पादन लागत तथा श्रम न्यूनिकरण गरिने,वडा नं।५ र ७ मा सुन्तलाको भण्डारणका लागि कोल्ड स्टोर स्थापना गर्ने ,कृषकलाई दिदै आएको अनुदान निरन्तरता दिदै ,बजारभाउ अनुसारको मुूल्यको सुनिष्चितता प्रदान गर्दै अनुदानलाई समय सापेक्ष बृद्वि गरिने ,पशुका उन्नत नश्ल सुधार कार्यक्रम सञ्चालन गरिने, पूर्वाधार विकास सम्बन्धी नीति सडक गुरुयोजना तथा मापदण्ड बनाई लागु गर्ने कार्यक्रम अगाडी सारिएको छ ।

    सामाजिक सुरक्षा भत्तालाई वडातहबाटै वितरण गर्ने प्रवन्ध मिलाउने नगरभित्र रहेका वित्तिय संस्था र सहकारीलाई लागतको ५ प्रतिशत व्याजदरमा विपन्न कृषि कर्जामा लगानी गर्ने वातावरण मिलाउने र सामाजिक उत्तरदायीत्वमा जिम्मेवार बनाउने, धार्मिक स्थलहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने, लैगिकहिंसा मुक्त नगर बनाउन पहल गर्ने, महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरी आयआर्जनमा समेट्ने जस्ता नीति अगाडी सारिएको छ । नगरभित्र रहेका सबै शवदाह गर्ने घाटहरुको व्यवस्थापन गर्ने, युवाहरुलाई लक्षित गरी एक वडा एक खेलमैदानको अवधारणलाई संघ र प्रदेश सरकार सगँ समन्वय गर्ने, मालुङ्गा र जिमुहा बेलचौतारमा क्रिकेट खेलमैदानको निर्माण कार्य प्रक्रिया अगाडी बढाईने नीति नगर प्रमुख भट्टराईले अगाडी सारेका छन् ।

    आर्थिक वर्ष २०७९÷०८० को नीति तथा बजेट प्रस्तुतीकरण कार्यक्रममा उपप्रमुख हेमा न्यौपानेले ८२ करोड ५६ लाख ४२ हजार बरावरको बजेट प्रस्तुत गर्नुभएको छ।  नीति तथा कार्यक्रम बहुमतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.