Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङमा चैत्र ३ र ४ गते आलु तथा कृषि प्रदर्शनी हुने
    गल्याङ् नगरपालिका

    गल्याङमा चैत्र ३ र ४ गते आलु तथा कृषि प्रदर्शनी हुने

    Syangja SandeshBy Syangja SandeshMarch 13, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ फागुन । स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा यही चैत्र ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने भएको हो ।


    आइतबार चेम्बर कार्यालय गल्याङमा गरिएको पत्रकार सम्मेलनमा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकहरुलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।


    उहाँले भन्नुभयो –‘गण्डकी प्रदेशको ६५ प्रतिशत बिउ आलु उत्पादन हुने गल्याङ नगरपालिकाका कृषकहरुलाई प्रोत्साहन गर्नुु हाम्रो मुख्य लक्ष्य रहेको छ ।’


    उहाँले कृषि क्षेत्रको विकास गरी आत्मनिर्भर र रोजगारी एवम् स्वरोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्नका लागि प्रदर्शनीको आयोजना गर्नुलाई आफ्नो दायित्व सम्झिएको बताउनुभयो ।


    आयोजकका अनुसार प्रदर्शनीमा बढी भन्दा बढी आन्तरिक तथा बाह्य दर्शक एंव पर्यटक भित्र्याउने तथा दर्शकहरुलाई आकर्षित गर्न विभिन्न प्रदर्शनीहरु राखिएको छ ।


    प्रदर्शनीमा गल्याङमा नै उत्पादन गरिएको आलु, ताजा तरकारी, तरकारीको बिउ, बेर्ना, धान, गहुँ, मकैको विउ एवम् अदुवाको प्रदर्शनी तथा विक्री वितरण गरिने कृषि प्रदर्शनी संयोजक तथा गल्याङ चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष रुमलाल कँडेलले बताउनुभयो ।


    यस्तै, प्रदर्शनीको अवधिभर नीजि तथा सरकारी विद्यालयहरुबाट विभिन्न उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिने उहाँले बताउनु भयो ।
    प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने भएको छ । प्रदर्शनीको पहिलो दिन चैत्र तीन गते राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपाली तथा चैत्र चार गते राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति रहने बताइएको छ ।


    प्रदर्शनीमा सबै कृषि सँग सम्बन्धित २० वटा मुख्य स्टल तथा आवश्यकताको आधारमा थप स्टलहरु निर्माण गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


    गल्याङ नगरपालिका ३ मा रहेको गल्याङ नगरपालिका खेल मैदानमा हुने प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता रहोस भन्ने उद्देश्यले निशुल्क प्रबेशको व्यवस्था गरिएको पनि जानकारी दिइएको छ ।


    प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार, रु। ८० हजार बचत र १० हजार भन्दा बढि दर्शक भित्र्याउने लक्ष्य राखिएको बताइएको छ ।


    प्रदर्शनीलाई भव्य रुपमा सम्पन्न गर्न १०१ सदस्यीय मूल समिति बनाइएको छ भने विभिन्न १४ वटा उपसमिति पनि गठन गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.