Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ संगै मन्त्रीमण्डल बिस्तार
    गण्डकी प्रदेश

    गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ संगै मन्त्रीमण्डल बिस्तार

    Syangja SandeshBy Syangja SandeshApril 28, 2023Updated:April 28, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ बैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार सपथ लिनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिनुभएको हो ।

    यसैबीच, मुख्यमन्त्री पाण्डेले मन्त्री मण्डल बिस्तार गर्नुभएको छ । उहाले नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

    नवनियुक्त मन्त्री तिवारी वालिङ निवासीे उहा समानुपातिकबाट प्रदेशसभा सदस्य हो । त्यस्तै, माओवादी केन्द्रकी सिंखडा गोरखा जिल्लाबाट समानुपातिक सांसद हुन् । उहाहरुलाई बिना विभागीय मन्त्रीको हैसियतमा सपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।

    यसैगरी, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको छ । प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उहाले चिप्लेढुङ्गा पुगी नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको हो ।

    मुख्यमन्त्रीसँगै नवनियुक्तमन्त्री सरस्वती अर्याल तिवारीले पनि सालिकमा माल्यापर्ण गर्नुभएको थियो ।

    मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादीका ७ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदको समर्थन रहेको छ ।

    पाण्डेले उनीहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो । यस अघि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएका खगराज अधिकारीले यही वैशाख ९ गते प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो । तर अधिकारीले विश्वासको मत पाउन सक्नु भएन । त्यसपछि गण्डकीमा कांग्रेसले मुख्यमन्त्री पाएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.