स्याङ्जा २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता तथा चुनावी गठबन्धनका साझेदार दललाई सातुको डल्लो र पिलोको उपमा दिनुभएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित स्याङ्जा सदरमुकाममा सोमबार आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उनले सातुको डल्लामा पानी परेपछि फुस्किए झैं मंसीर ४ को निर्वाचनपछि गठबन्धन सरकारका दिन सकिने बताउनु भएको हो ।
उनले भने, ‘गठबन्धन नामको पिलोलाई मंसिर ४ मा निचोरेर फाल्नुपछ।’ म्यादी प्रहरी जत्तीको पनि सत्ता गठबन्धनको म्याद नरहेको जिकिर गर्दै उनले चुनावपछि बहुमतको सरकार एमालेले नै बनाउने जिकिर गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमालेसंग लड्न नसकेर ५ दलको गठबन्धन बनेको बताए। गठबन्धनसंग विचार, नीति, सिद्धान्त केही नभएको जनाउदै नेकपा एमालले राष्ट्रवादी र विकास गर्ने पाटी भएको दावी गर्नुभयो ।
संसद र राष्ट्रपतिको अधिकार खासेर अदालतबाट बनेको सरकारले राम्रो काम गर्न नसकेको उहाको भनाई छ। ओलीले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भने जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ,’ उहाँले भन्नुभयो, ‘प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थाल्नु भएछ ।

वाग्लुङ्मा आयोजित चुनावीसभालाई सम्बोधन गरेर हेलिकोप्टर चढेर स्याङ्जा आएका ओलीले विस २०४२ सालमा स्याङ्जा जेल जीवनको स्मरण गर्नुभयो ।
उनले एमालेलाई बिजयी गराउन आग्रह गरे। जिल्लाको समस्या समाधान तथा अपुरो रहेका बिकासका योजना पुुर्णताका लागि एमालेले जित्नै पर्ने बताउनुभयो । देशको भविष्य निर्माणको फैसला गर्ने दिन निर्वाचन भएकाले सहि पार्टी रोज्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार पदमा अर्याल, प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद मरासीनी, १ का प्रदेशसभा १ का उम्मेदवार सीता सुदास र २ का सुधिरकुमार पौडेल, २ प्रदेशसभा १ का उम्मेदवार मोहनप्रसाद रेग्मी र २ का उम्मेदवार बुद्धिमान श्रेष्ठ लगायतले आफुहरुलाई मत दिई विजयी गराउन आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे पारसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव तारा शर्माले स्वागत एवं सचिव राजेन्द्र डुम्रेले संचालन गर्नुभएको थियो ।
