स्याङ्जा २ कात्तिक । नेपाल विद्यार्थी सङ्घ स्याङ्जाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यान दिदै बिद्यार्थीको भेला एवं प्रशिक्षण सम्पन्न गरेको छ ।
भेलामा बोल्दै नेपाली काङ्ग्रेस सभापति एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु थापाले नेपाल विद्यार्थी सङ्घ नेपाली काङ्ग्रेसको धरोधर भएको बताउदै सम्पूर्ण बिद्यार्थी एकजुट भई नेपाली कग्रेसलाई विजयी गराउने अभियानमा जुट्न आग्रह गर्नुभयो । बिभिन्न राजनीतिक परिवर्तनमा बिद्यार्थीको महत्वपूर्ण योगदान रहेको बताउदै बिद्यार्थी बिनाको राजनीतिले पूर्णता नपाउने उहाले बताउनुभयो ।
कार्यक्रममा प्रदेश ख का उम्मेदवार बुद्धिबहादुर राना (कुमार) , समानुपातिकतर्फका उम्मेदवार डोलबहादुर खड्का र देवेन्द्र गुरुङ, महासमिति सदस्य गोविन्दबहादुर रानाभाट, कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, नेपाली बिद्यार्थी संघका जिल्ला अध्यक्ष अजित क्षेत्री लगायतले कांग्रेसको जग भनेको बिद्यार्थी भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न नेपाली कांग्रेस माउ पार्टिी क्रियाशिल र प्रतिवद्ध रहेकोमा जोड दिदै नजिकिदै गरेको लो्कतान्त्रिक बामगठबन्धनलाई विजयी गराउने काममा सहयोग गर्न आग्रह गर्नुभयो ।
क्षेत्रीय सभापति विज्ञान भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति गौरब प्रधानले स्वागत एवं सचिव सविन रेग्मीले र्सचालन गर्नुभएको थियो ।
सोही भेलाले क्षेत्रीय एवं पालिका स्तरीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । सङ्घीय क्षेत्र नं १ को संयोजकमा सविन रेग्मी र उपसंयोजकमा सदिक्षा शर्मा चयन हुनुभएको छ ।
प्रदेश क को संयोजक सुजिल श्रेष्ठ, प्रदेश १ ख को संयोजकमा अनिल ढकाल चयन हुनुभएको हो ।
यसैगरी, पालिका स्तरीय समितिमा अर्जुन सापकोटा, प्रसन्न पाण्डे, उत्तम गुरुङ, दुर्गाबाबु लम्साल, दीपक खत्री, गोविन्द चापागाईं, अनुप ढकाल चयन गरिएको छ ।