स्याङ्जा २२ चैत । प्रत्येक बर्षको चैते दशै (रामनवमी)को अवसर पारेर वालिङ ९ को बाह्रविसेमा ठूलो मेलालाग्ने गर्दथ्यो ।
बजारगर्न र रमाईलो हेर्नका लागिजिल्लाभरबाटमात्रै होईन पर्वत,गुल्मी,पाल्पालगायतकाजिल्लाबाटमानिसहरु आउने गर्दर्थे ।जिल्ला कै चर्चित मेलाभर्नका लागि बिदेश गएका र जिल्लाबाटबाहिर रहेकाहरु समेत धर आउने गर्दर्थे । बालबालिकाहरु बाह्रविसे बजारका लागिखर्च गर्न भनेर पहिले देखिनै पैसाको जोहो गर्ने गर्दर्थे ।
मेलाकालागि एक हप्ताअगाडिबाटतयारी हुन्थ्यो, खुला चौरमा पसल राख्नकालागिकतिपयले ठाँउ नै पाउदैन थिए । कोरोनाको महामारी फैलिनु अगाडि सम्म पनि मेलाभव्य रुपमालाग्ने गर्दथ्यो तर कोरोनाको महामारी पछाडिभने मेलालाग्नै छाडेको छ ।
मेलामा जानेहरुले बर्ष भरीको लागिपुग्ने गरी ठेका, डाला, नाङ्ला, आँसी, बाउसालगायतका सामाग्रीखरिद गर्ने प्रचलनथियो । मेलामालिङ्गे पिङ र चर्खेपिङ्गको रौनक नै फरक हुने गर्दथ्यो भने रैथाने सांगितिक प्रस्तुतीका कारण मेलामा रमाउनेहरुको संख्या उल्लेख्य रहन्थ्यो ।
बढ्दो सहरीकरण र मोवाईल लगायतकाप्रविधिको प्रयोगका कारण मेलाविस्थापितहुनपुगेको स्थानीययमकान्त गैह्रेको भनाई छ । उहाँले भन्नुभयो,‘हामीले स्टलबनाएर व्यापारको लागिउपलव्ध गराउने गर्दथ्यौ तर कोरोना पछि मेलाहुने वातावरण नै रहेन ।
मेलालाई निरन्तर रुपमा सञ्चालन गर्नका लागिआफूहरु छलफलमाजुटेको वडान ९ का वडाअध्यक्ष शेरवहादुर श्रेष्ठले बताउनु भयो । आगामीबर्षबाट निरन्तरतादिन सकिन्छकीभन्नेमा हाम्रो ध्यान छ श्रेष्ठले थप्नु भयो ।
पहिले मेलामाअत्यधिकव्यापार हुने डाला,सुपालगायतलाई प्लास्टिकका सामाग्रीको प्रयोगले विस्थापितगर्दै लगेको छ । मेलाको मौलिकता नै पुराना र स्थानीयउत्पादनमात्रै बिक्रिबितरणहुनु रहेको थियो ।
वालिङको पहिचानको रुपमारहेकोे र परम्पराकालदेखि लाग्दै आएको मेला हराउदाचिन्तालागेको बताउनु हुन्छ स्थानीय ८६ बर्षका सूर्यप्रसाद गैह्रे ।उहाँभन्नुहुन्छ,‘धेरै पहिले देखि त्यो ठाँउमा मेलालाग्थ्यो अहिले हरायो ।’आफू जान्ने हुँदा नै मेलालाग्ने गरेको भन्दै गैह्रेले धेरै लामो ईतिहास बोकेको मेलापूर्णरुपमाबन्दहुँदादुःखलागेको बताउनु भयो ।
मेलामा गरेको रमाईलो संझदै वालिङ १० का युवाअर्जुन गौतमले पुरानो र राम्रो परम्परालाई निरन्तरतादिन संवन्धितनिकायले ध्यानदिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘घर अगाडि नै बाह्रबिसे मेलालागेको देख्दाकतिवेलाजानपाईएलाभनेर उत्साहहुन्थ्यो तर अहिले मेला नै लाग्नैछाड्यो कसलाई हो भन्ने हामी त अन्यौलमा परियो ।’