Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 23
    Trending
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    • आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा
    • एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित
    • पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला बितरण सुरु
    • पर्यटक लोभ्याउदै स्याङ्जाकै अग्लो चिउरीको झोलुंगे पुल
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कृषकलाई उन्नत मुर्रा क्रस जातका भैँसी वितरण
    वालिङ् नगरपालिका

    कृषकलाई उन्नत मुर्रा क्रस जातका भैँसी वितरण

    Syangja SandeshBy Syangja SandeshJuly 23, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ साउन । वालिङ नगरपालिकाले कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवर्द्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६२ भैँसी वितरण गरेको हो । उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको लागत साझेदारी अन्तर्गत रु २६ लाख ४५ हजार र कृषकको ५० प्रतिशत लागत साझेदारीमा वितरण गरेको हो । भैँसीपालनका लागि सम्भावित ठाउँ तथा कृषकको मागका आधारमा तीन वडा छनोट गरी माउ भैँसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । परम्परागतरुपमा भैँसीपालन गर्दै आउनुभएका कृषकलाई आधुनिक तरिकाले उन्नत जातका भैँसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैँसी प्रवद्र्धन कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

    नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैँसी खरिद गरेको पशु शाखाका प्रमुख डा वसन्तकुमार अधिकारीले बताउनुभयो । हाल तीन वडामा सञ्चालन भएको भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत केही कृषकले दुई र केही कृषकले एउटाका दरले भैँसी खरिद गरेका डा अधिकारीले जानकारी दिनुभयो । परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकलाई व्यावसायिकतामा जोड दिन नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार कार्य अगाडि बढाएको हो । यसका अलावा समयानुसार तालिम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरण सहयोग गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025

    आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा

    November 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.