स्याङ्जा २९ फागुन । पराजुली बन्धु समाज स्याङ्जाले समाजका सदस्य पुतलीबजार नगरपालिका २ निवासी कृष्णप्रसाद पराजुलीलाई सम्मान गरेको छ । पराजुलीबन्धु समाजको कुलपुजाको अवसर पारेर समाजका सदस्य पराजुलीलाई सम्मान गरिएको हो ।
सम्मानित पराजुलीलाई पराजुली बन्धु समाज स्याङ्जाका अध्यक्ष यादवराज शर्मा पराजुली लगायत अग्रजहरुले सम्मान गर्नुभएको थियो ।
कुलमन्दिर निर्माण लगायत समाजका हरेक गतिबिधिमा सक्रियरही नियमित सकारात्मक कार्य गर्नुभएको जनाउदै उहाँलाई पनि सम्मान गरिएको छ ।
उहाँलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । समाजका अध्यक्ष यादवराज शर्मा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य युवराज पराजुलीले गर्नुभएको थियो ।