Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 15
    Trending
    • मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान
    • सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय
    • बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल
    • सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध
    • मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
    • जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम
    • साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    • पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » किचनासमा संचालित साक्षरता कार्यक्रमको अनुगमन तथा अन्र्तक्रिया
    बिरुवा गाउँपालिका

    किचनासमा संचालित साक्षरता कार्यक्रमको अनुगमन तथा अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshDecember 27, 2022Updated:December 27, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ पुस । रुम टु रिड र सूर्योदय क्लवको संयुक्त आयोजनामा विरुवा गाउपालिका ५ नागस्थत स्थित किचननस आधारभूत बिद्यालयको साक्षरता कार्यक्रमका बारेमा अनुगमन तथा अन्र्तक्रिया गरिएको छ ।


    बालबालिकालाई नेपाली भाषा पठन सिपको विकास गर्ने उदेश्यले साक्षरता अभियान संचालन गरिएको हो । साक्षरता कार्यक्रममा कक्षा १ देखि ५ कक्षासम्म बालबालिकाको स्वअध्ययनमा रुची बढाउनुका साथै पुस्तकालयमा गएर पढ्ने बानीको विकास गर्नु रहेको छ ।

    अनुगमन, निरीक्षण पश्चात आयोजित अन्र्तक्तिया कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुवरले प्रारम्भिक कक्षाका बालबालिकालाई पठन सिप र पुस्तकालयमा अध्ययन गर्ने वानी विकासका लागि यस्ता शैक्षिक क्रियाकलाप बढी प्रभावकारि रहने बताउदै पालिकाका अन्य विद्यालयले पनि यस्कोे शिको गर्नुपर्नेमा जोड दिनुभयो ।


    उहाँले पालिका अन्र्तगत रहेका अन्य बिद्यालयमा समेत यस प्रबिधिको उपयोग गर्दे बालबालिकाका शिक्षण क्रियाकलापमा बृद्धि गर्ने बताउनुभयो । जग बलियो भए मात्र घर बलियो हुने हुदाँ बालबाालिकाको उज्वल भविष्यका लागि सुरुको कक्षादेखि नै शिक्षाको जग राम्रो बनाउनेमा पालिकाले लगानी गर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पालिकाका उपाध्यक्ष भगवती शर्मा पोखरेल, शिक्षा शाखा प्रमुख जीवलाल भुषाल, लेखा शाखा प्रमुख शंकर चापागाई, वडा अध्यक्ष मनबहादुर थापा, बिद्यालय ब्यवस्थापन समितिका कल्याणकुमार पोखरेल, शिक्षक अभिभावक संघका अध्यक्ष श्रीकृष्ण शर्मा, प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी, पत्रकार महासंघका पूर्व अध्यक्ष प्रकाश डोटेल, शिक्षक सहजकर्ता सुनिता सुनार, परियोजना प्रमुख आशिष न्यौपाने, सूर्योदयक क्लवका मिरा मल्ल, गैसस महासंघका सहसचिव भावना कार्की, लगायतले सानो उमेरदेखि पढ्ने बानीको विकासमा यस्ता क्रियाकलापको आवश्यकतामा जोड दिनुभयो ।


    यसैगरी, रुम टु रिड र सूर्योदय क्लवको संयुक्त आयोजना र सम्बन्धित बिद्यालयको साझेदारीमा जिल्लाका ४४ वटा बिद्यालयमा यस्ता परियोजना संचालनमा छन्। परियोजना अन्र्तगत ६१ वटा कक्षाकोठा ब्यवस्थापन, ६४ जना प्रधानाध्यापकलाई तालिम, ८४ जना भाषा शिक्षकलाई तालिम, १ सय २८ जना पुस्तकालय ब्यवस्थापक शिक्षकलाई तालिम दिइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय

    June 15, 2025

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025

    सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध

    June 14, 2025

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय

    June 15, 2025

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025

    सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध

    June 14, 2025

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय

    June 15, 2025

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.