Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कांग्रेसको ‘आन्तरिक बिशेष अभियान’ क्षेत्र नं २ को गल्याङ् मा
    गल्याङ् नगरपालिका

    कांग्रेसको ‘आन्तरिक बिशेष अभियान’ क्षेत्र नं २ को गल्याङ् मा

    Syangja SandeshBy Syangja SandeshAugust 11, 2023Updated:August 12, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ साउन । नेपाली कांग्रेस स्याङ्जाले ‘आन्तरिक बिशेष अभियान’ अन्तरगतको कार्यक्रम गल्याङ् स्थित वीपी स्मृतिसभामा सम्पन्न गरेको छ ।

    नेपाली कांग्रेस स्याङ्जा कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति अन्र्तगत प्रदेश २ (१) र २ (२) कार्यसमितिको संयुक्त आयोजनामा आन्तरिक विशेष अभियान सहितको बैठक शुक्रवार गल्याङ् नगरपालिका स्थित क्षेत्रीय कार्यालयमा सम्पन्न भएको छ ।

    कांग्रेस संगठन सृदृढीकरणमा जोड दिने उदेश्यले आन्तरिक बिशेष अभियान साउन २० गतेदेखि सुरु गरिएको हो ।
    अभियानको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सीतादेवी देवकोटाले मुलुकभर एकसाथ संचालन गरिएको यस अभियानको प्रभाव टोलटोलमा पुग्नु पर्ने बताउनुभयो । उहाँले अभियानबाट कार्यकर्ता जागरुक बनाउने र पार्टी सुदृढीकरणमा जोड दिने बताउनुभयो ।

    कार्यक्रममा , नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारी, प्रदेश सांसद महेश भट्टराई, पूर्वसांसद भागवतप्रकाश मल्ल, गण्डकी प्रदेश प्रतिनिधी एवं प्रदेश सदस्य सीता गुरुङ, प्रदेश सदस्य कुमबहादुर गुरुङ, स्याङ्जा का्रग्रेसका कार्यवाहक सभापति केदार काफले, उपसभापति शेरबहादुर थापा लगायतले संगठन बलियो बनाउन आगामी दिनमा गर्नु पर्ने कामका बारेमा चर्चा गर्नुभएको थियो ।

    यसैगरी, महाधिवेशन प्रतिनिधिहरुमा अर्जुनप्रकाश अर्याल, युवराज पाण्डे, लक्ष्मीप्रसाद रेग्मी, जेष्ठ सदस्य शालिकराम न्यौपाने लगायतले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।


    क्षेत्रीय सभापति दिलिपप्रताप खाँणको सहभापतित्वमा सम्पन्न कार्यक्रममा २ (१) सभापति अर्जुनप्रसाद खनालले स्वागत, २ का कार्यवाहक सभापति टिकाराम तिवारीले धन्यवाद एवं क्षेत्रीय सचिव दिपक रेग्मीले संचालन गर्नुभएको थियो ।

    नेपाली कांग्रेस केन्द्रिय समितिको परिपत्र अनुरुप सो अभियान स्याङ्जा लगायत देशभर साउन महिनाभर जारी रहने बताइएको छ ।

    सोही कार्यक्रममा कांग्रेसका अग्रज नेता, महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, प्रदेश, गाउँ, नगर एवं वडा सभापति एवं सदस्यहरु सहभागी थिए । सहभागी मध्येका झण्डै ३० जनाले पार्टीभित्रका आन्तरिक बिषयबस्तुका बारेमा बिभिन्न जिज्ञासा सोधेका थिए ।

    बैठकले केन्द्रिय उपसभापति एवं मन्त्री धनराज गुरुङ र पूर्व सांसद एवं पूर्व कांग्रेसका जिल्ला सभापति खगेन्द्रराज रेग्मीको पूर्ण एवं शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ ।
    यसैगरी, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि स्व. शिवकुमार गिरीप्रति शोक प्रस्ताव पारित गरेको क्षेत्रीय सचिव दिपक रेग्मीले जानकारी दिनुभयो ।

    पुतलीबजार नगरपालिका १ स्थित स्याङ्जा जिल्ला पार्टी कार्यालयमा ‘आन्तरिक बिशेष अभियान’ बुधवार उदघाटन गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.