काठमाण्डौं ४ मंसिर । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सङ्कटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो ।
र, आज भएको अर्को लिग फुटबलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० गोलले हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टारलाई जिताउन निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले गोल गर्नुभयो । च्यासलका लागि विकास मेराग्लियाले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै थ्री स्टारले तीन अङ्क जोडेको छ ।
Friday, September 19
Trending
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा