स्याङ्जा ९ मंसिर । नेकपा एमालेको केन्द्रिय सचिव पदमा स्याङ्जाका पदमा अर्यालले उम्मेदवारी दिनुहुने भएको छ ।
नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटनसत्र नजिकिदै गर्दा अर्याल लगायत स्याङ्जाका ८ जनाले केन्द्रीय समिति तथा पदाधिकारीका उम्मेदवार बन्ने आकांक्षा ब्यक्त गरेको जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रै (पारस) ले जानकारी दिनुभयो ।
नेकपा एमाले स्याङ्जाका पूर्व अध्यक्ष एवं पुर्व मन्त्री अर्यालले सचिव पदमा उम्मेदवारी दिनहुने भएको हो । उहा अहिले केन्द्रीय सदस्य हुनुहुन्छ। यसअघिको ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीदेखि पूर्णमन्त्रीगरी ३ पटक मन्त्री बनेकी अर्याल स्याङ्जा एमालेका पूर्व अध्यक्ष पनि हो ।
अर्यालसंगै, गण्डकी प्रदेश सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रै (पारस), केन्द्रीय सदस्य द्धय सीता सुन्दास र सीमा क्षेत्री, गण्डकी प्रदेश सचिवालय सदस्य मिनप्रसाद गुरुङ, किशोरबिक्रम मल्ल, गण्डकी प्रदेश सदस्य खिम थापा र मोहनप्रसाद रेग्मीको केन्द्रीय सदस्यका आकांक्षी उम्मेदवार रहेको जिल्ला अध्यक्ष गैह्रेले बताउनुभयो ।
महाधिवेशनमा अध्यक्ष ओलीले सर्वसम्मत प्रकृयाद्धारा पदाधिकारी तथा सदस्य टुंग्याउने योजना बनाइरहेका बेला स्याङ्जाबाट ८ जना आकांक्षी देखिएका हुन।
Thursday, November 13
Trending
- प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
- चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
- कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
- संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
- अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
- चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
