स्याङ्जा २१ पुस । जिल्ला समन्वय समिति स्याङ्जाको आठौं जिल्लासभा विहीवार सम्पन्न भएको छ ।सभाले बिभिन्न एहित जेण्डा सजारी प्रतिवेदन समेत पारित गरेको छ ।
जिल्ला सभाको उदघाटन गर्दे प्रतिनिधिसभा सदस्य राजु थापाले जिल्लाका सबै पालिकाले पूर्वाधार विकासमा भन्दा उत्पादनका क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाले एक पालिका एक उत्पादन भन्ने नारालाई आत्मसात गर्दे अघि बढ्न समेत सुझाव दिनुभयो । मुलुकमा आर्थिक संकट परेका बेला यस्ता अभियानले मुलुकको विकास र आत्मनिर्भरतामा सहयोग पुग्ने उहाको भनाई छ ।
पुतलीबजारलाई सुन्तलाको नगर, कालीगण्डकीलाई सयपत्रीको पालिका बनाउन सकिने उहाकोे भनाई छ। सबै पालिकाले आ आफना संभावना पहिचानगरी उत्पादन गर्न उहाले सुझाउनुभयो ।
समग्र जिल्लाको विकासमा समन्वयकारी भूमिकामा रहनेगरी बनाइएकाले जिल्ला समन्वय समितिले अभिभावकिय भूमिका निर्वाह गर्नुपर्ने बताउदै उहाले स्याङ्जाको विकासका लागि सिद्धार्थ राजमार्ग बिस्तारमा सवैले सहयोग गर्नुपर्ने भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यहरु क्रमश ः भोजराज अर्याल, महेश भट्टराई, कल्पना तिवारी, पंचराम गुरुङ लगायतले समग्र जिल्लाको विकासका लागि एकभई लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी, भीरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्य, वालिङ् नगरप्रमुख कृष्ण खाँण, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, फेदिखोला अध्यक्ष घनश्याम सुवेदी, विरुवाका अध्यक्ष सूर्यवबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, आँधीखोला उपाध्यक्ष सीता थापा लगायतले आ आफना क्षेत्रगत विकास तथा आगामी योजनाका बारेमा जानकारी गराउनुभयो ।
जिसस प्रमुख श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी स्वागत एवं जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्यले संचालन गर्नुभएको थियो ।
आजै भएको बन्द सत्रमा प्रमुख जिटीले बार्षिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।