स्याङ्जा ४ माघ । मानव अधिकारको लागी महिला एकल समुहले एकल महिला सुरक्षा कोष कार्यान्वयका लागी ध्यानार्कषण गराएको छ ।
एकल महिला समुहकी सचिव राधिका पौडेल, कोषाध्यक्ष धनकुमारी थापा र सदस्य जमूना भुजेल लगायतले ध्यानार्कषण पत्र पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीलाइ बुझाउनुभएको हो ।
२०५२ सालमा स्थापना भएको एकल महिला समूहले नेपालमा एकल महिलाहरुको हक अधिकार न्याय र सहिभागिता, लैंगिक समाना, मानव अधिकार र शान्ति तथा मानविय सहयोगमा क्षेत्रमा निरन्तर कार्य गर्दै आईरहेको जनाएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिलाको शसक्तिकरण क्षमता र मर्यादा अभिवृद्धि गरि सामाजिक तथा आर्थिक दृष्टिले कमजोर तथा विपन्न वर्गका एकल महिलाहरुको हित र संरक्षण तथा प्रर्वद्धनको लागी एकल महिला स्थापना भएको भन्दै एकल महिला सुरक्षा कोषबाट लक्षित महिलाहरुको उद्दार, राहत तथा पुनस्थापना, औषधि उपचार, कानुनी उपचार, कानुनी सहयता, शिक्षा र सीपमुलक तालिम तथा स्वरोजगार कार्य संचालन गर्न कोष मार्फत सहयोग प्राप्त गर्न सक्ने व्यवस्था सहित तत्कालिन समयमा जिल्ला स्तरीय समिित गठन गरि महिला बालबालिका कार्यालयको मातहतमा परिचालन गरिएको थियो ।
संघिय प्रणालीमा गएपछि महिला बालबालिका खारेजी गरेसंगै कोष समेत संचालन आउन सकेको थिएन । पुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको तर्फबाट एकल महिला सुरक्षाकोष मापदण्ड संसोधन गरी देशका ७५३ वटै स्थानीइ तहमा एकल गत साउन ३२ गते कोष स्थानीयकरणका लागी परिपत्र समेत गरिसकेको अवस्थामा पनि कोष प्रक्रियागत रुपमा अगाडि बढ्न नसेको भन्दै समुहले ध्यानार्कषण गरेको बताइएको छ ।
ध्यानाकर्षणपत्र बुझदै नगर प्रमुख रेग्मीले गम्भीर बिषय उठान भएको र यसतर्फ आफुले सकेको सहयोग र पहल गर्ने बताउनु भयो ।