स्याङ्जा २६ साउन । नेपाल बिद्यार्थी संघ स्याङ्जाले बिद्यालय स्तरीय इकाई कार्यसमिति विस्तार अभियान सुरु गरेको छ ।नेविसंघले पुतलीबजार नगरपालिकाबाट सो अभियान सुरु गरेको हो ।
संघले पुतलीबजार नगरपालिका १ स्याङ्जा बजार स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालय, वडा नं. ४ नौडाँडा स्थित सरस्वती माध्यमिक बिद्यालय र वडा नं. ७ ठूलाडिही स्थित जनता माध्यमिक बिद्यालयमागरी छुट्टाछुट्टै नेविसंघ इकाई कार्यसमिति गठन गरेको हो ।
त्रिभुवन माविमा संगम ढकाललाई सभापतिमा चयन गरी ५० सदस्यीय इकाई कार्यसमिति गठन गरेको छ । समितिको उपसभापतिमा शिशिर पोखरेल र स्वीकृति क्षत्री, सचिवमा सरस्वती नेपाली, सहसचिवमा कुसुम थापा, कोषाध्यक्षमा विकास सेन लगायत अन्य सदस्यहरु चयन गरिएको छ ।
जनता माविमा प्रिया रेग्मी सभापति रहनेगरी उपसभापतिमा निता तिम्सिना, सचिवमा सुस्मिता नेपाल, सहसचिवमा सन्तोषी थापा, कोषाध्यक्षमा सन्दीप सुनाम लगायत २८ सदस्यीय इकाई कार्यसमिति गठन गरिएको हो ।
यसैगरी, सरस्वती माविमा सुन्दर पोख्रेलको सभापतित्वमा २० सदस्यीय इकाइ कार्यसमिती गठन भएको हो । समितिको उपसभापतिमा सरिता पराजुली, सचिवमा प्रकृति पोखरेल, सहसचिवमा सदिक्षा पोखरेल, कोषाध्यक्षमा सलिना पोखरेल लगायतका सदस्यहरु रहेका छन् ।
बिद्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाल बिद्यार्थी संघ स्याङ्जाका सभापति गौरब प्रधानले नेपाली कांग्रेसको सशक्त भातृसंगठनको रुपमा परिचित नेपाल बिद्यार्थी संघको सांगठनिक संरचनालाई बलियो र सशक्त बनाउने उदेश्यले इकाई समिति गठनको अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
सबै बिद्यार्थीहरुका हकअधिकार र वास्तविक आवश्यकताका पक्षमा लागि रहने उहाले बताउनुभयो । आउदा दिनमा जिल्लाका अन्य विद्यालय पुगेर बिद्यार्थी समिति गठन गर्नुका साथै बिद्यार्थीका रुची र आवश्यकताका बारेमा सम्बन्धित निकायमा समन्वय गरि कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति सविन रेग्मी, उपसभापति महादेव कार्की लगायतले बिद्यार्थीका आवाज संगठितरुपमा उठाउन र समस्या समाधानका लागि नेपाल बिद्यार्थी संघमा आवद्ध हुन आग्रह गर्नुभयो ।