Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, August 1
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आर्थिक अभावका कारण उपचार हुन सकेन सोममायाको
    बिरुवा गाउँपालिका

    आर्थिक अभावका कारण उपचार हुन सकेन सोममायाको

    Bhawani AdhikariBy Bhawani AdhikariJanuary 10, 2024Updated:January 10, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ पुस । भर्खरको कलकलाउदो उमेर छ। लाउँलाउँ र खाउँ खाउँ भन्ने उमेरमा मानसिक सन्तुलन गुमेको छ। आर्थिक अवस्था कमजोर भएका कारण राम्रो उपचार गर्न नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।


    भर्खर २३ बर्षे लागेकी सोममाया राना बिगत ३ बर्षदेखि मानसिक असन्तुलित रहेको उहाका बहिनी माया राना भन्नुहुन्छ । चारबर्ष अघि आफुले मन पराएको केटासंगै दिदीको बिहे भएको र त्यसपछि क्रमशः उहामा फरकपना देखिन थालेको रानाले बताउनुभयो । उहाहरुका एक छोरी छन् ।


    उहाले भन्नुभयो, ‘सुरुमा भेनाले पनि उपचार गर्नुभयो। पछि छोरी सहित दिदीलाई पनि माइतै ल्याएर छाड्नु भो। एक÷डेढ बर्षदेखि दिदी माइतमै हुनुहुन्छ। अहिले भेना सम्पर्कमा आउनुहुन्न। ’


    स्याङ्जाको बिरुवा गाउँपालिकाको चिन्नेबासमा जन्मनु भएका सोममाया रानाले छिमेकी जिल्ला तनहुँमा विहे गर्नु भएको हो ।
    तीन दिदीबहिनी मात्र रहेको परिवारमा माइतर्फका बाबा ८० का बृद्ध छन। आमा अपांग हुनुहुन्छ । उहाको बोली नबुझिने बताइएको छ । परिवारको आर्थिक अवस्था निकै दयनिय रहेकाले उपचारमा समेत कठिनाई भएको समाजसेवी एवं छिमेकी मोहन थापाले जानकारी दिनुभयो ।


    सोममाया जेठी छोरी । कान्छि बहिनीले अघिल्लो बर्ष आत्महत्या गरेकी थिईन । माइली बहिनी माया राना आफन्तको घरमा बसेर अध्ययन गरिरहनु भएको छ । पारिवारिक अवस्था निकै दयनिय छ ।


    सोममायाका उपचारका लागि खर्चिने रकम परिवारसंग छैंन। बिहान र साँझको हातमुख जोड्न पनि समस्या रहेको सो परिवारले सुबिधा सम्पन्न अस्पतालमा लगेर उपचार गराउन सक्ने क्षमता पनि देखिद्यैन । गाउँघरमा गरिएका स साना उपचारले उनलाई निको हुदैन। सबैले सहयोग गरेमा उहाको अवस्था पहिलाको जस्तै फर्केर आउन सक्ने भन्नुहुन्छ विरुवा गाउँपालिकाका समाजसेवी डोलराज पोखरेल।


    मानसिक सन्तुलन गुमेकै कारण दक्षिण पश्चिम विरुवाका सोममाया रानालाई मंगलबार (हिजो) प्रहरीले उत्तरतर्फको आँधीखोला गाउँपालिकाको पनि उत्तरी भेग सेपतमा भेटिएको सूचना सार्वजनिक गरेको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.