Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आफनो उम्मेदवारी निस्क्रिय पार्दै कांग्रेसका उम्मेदवार राजु र कुमारलाई समर्थन गर्ने प्रदीप र जगतबन्धुको घोषणा
    राजनीति

    आफनो उम्मेदवारी निस्क्रिय पार्दै कांग्रेसका उम्मेदवार राजु र कुमारलाई समर्थन गर्ने प्रदीप र जगतबन्धुको घोषणा

    Syangja SandeshBy Syangja SandeshNovember 8, 2022Updated:November 8, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ कात्तिक । स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराउनु भएका नेपाली कांग्रेस (वी.पी.) तर्फका उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफनो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गर्नुभएको छ ।

    प्रजातान्त्रिक समाजवादको आर्दश र मूल्यमान्यताबाट मात्र मुलुकको सामाजिक तथा आर्थिक परिवर्तन हुन सम्भव भएको जनाउदै नेपाली कांग्रेसतर्फका संघीय उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गर्ने प्रतिवद्धता जनाउदै उम्मेदवारी निस्क्रिय बनाएको जनाउनुभएको हो ।

    पौडेलसंगै प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफनो उम्मेदवार निस्क्रिय पारेको जनाउदै थापा र रानालाई समर्थन गर्ने जनाउनुभयो ।

    पौडेल र पोखरेल दुबैले आइतवार छुट्टाछुट्टै प्रेस बिज्ञप्ति प्रकाशितगरी आ आफना उम्मेदवारी निस्क्रिय बनाएको घोषणासंगै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जनाउनु भएको हो ।

    आँधीखोला गाउँपालिका निवारी प्रदीप पौडेल २०२५ सालदेखि नेपाल बिद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा आजसम्म क्रियाशिल हुनुहुन्छ । उहा २०२९ सालमा पृथ्वीनारायण क्याम्पसमा भएको स्वीवियू निर्वाचनमा निर्वाचित हुने पहिलो सचिव भएका थिए भने पञ्चायतीकालमा निरंकुशता बिरुद्धको आन्दोलनमा पटक पटक यातना सहित शिक्षकबाट समेत निलम्बनका पर्नुभयो । तर पनि आफनो राजनीतिक आस्था र जीवनलाई त्याग गर्नु भएन । स्याङ्जा कांग्रेसका अग्रज नेता, बलियो शालिन नेतामा मानिनुहुन्छ उहा । राजनीतिक परिवर्तनका बिभिन्न आन्दोलनमा कांग्रेसका तर्फबाट उहाको सक्रिय भूमिका रहदै आएको छ।

    यसैगरी, २०३७ सालदेखि नेपाल बिद्यार्थी संघगठनबाट राजनीतिमा लागेका पोखरेल निवृत्त राष्ट्रसेवक हुन। राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध भई प्रजातन्त्रको पक्षमा बकालत गर्न नेपाली कांग्रेबाट मात्र सम्भव भएको जनाउदै समानुपातिकतर्फमा सूचिकृत आफनो उम्मेदवारी निस्क्रिय बनाउदै कांग्रेसका पक्षमा उभिएको जनाउनुभयो । नेपाली कांग्रेस वीपमा आवद्ध उहाले सो पार्टीको सदस्यता समेत त्याग गदैृ नेपाली कांग्रेसमा आवद्ध भएको घोषणा गर्नु भएको छ ।

    नेपाली कांग्रेस (वीपी) का उम्मेदवारले आफनो उम्मेदवारी निस्क्रिय बनाएसंगै अब स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को एक पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पाटी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी समाजवादी, मंगोल नेशनल अर्गानाईजेशन, जनसमाजवादी पाटी नेपाल गरी ११ जना चुनावी प्रतिस्पर्धामा छन्।

    यसअघि १५ जनाले उम्म्ेदवारी दर्ता गराएका थिए। ती मध्ये दुई स्वतन्त्र र नेकपा एकिकृत समाजवादीले तोकिएको समयमा उम्मेदवारी फिर्ता लिइसकेका छन भने नेपाली कांग्रेस (वीपी) अहिले निस्क्रिय बनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.