स्याङ्जा १८ कात्तिक । आजको दिन नेपाली साहित्यकालागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि।सं। १९६६ लक्ष्मीपूजाकै दिन महाकवी लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतिको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङ्गमयमा महाकवी देवकोटाको योगदान उल्लेखनिय छ । वहाँका अमर कृतीहरुः मुना(मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरुले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेको छ ।
मुनामदनको श्लोक उतिबेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी समाजिक न्यायको विगूल स्वरूप महाकवी छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उतिबेलाको नेपाली समाजकालागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ । शायद यहि कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तराष्ट्रिय लेखकहरुले पनि दिलखोलेर गरेका छन् ।
तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवी लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।
ूके नेपाल सानो छ र१ू भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध त विधालय पाठ्यक्रममै पनि हामीमध्ये धेरैले पढेका छौं । निवन्ध स्वरुपमा अझ प्रखर र भरिला अभिब्यक्तिहरु दिनसक्ने महाकवीले सत्र वर्षको उमेरमैं भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नात्कोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतीहरु अनि भिखारी, गाईनेको गीत, पागल, पुलती लगायतका कवितासंग्रहहरु नेपाली साहित्य अनुरागीकालागि सृजनाको कोशेढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।
भारतीय महापण्डित डा।राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटाका जिवनका बिभिन्न घटनाक्रमहरु अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । बिद्यालय जिवनमा आफूले लेखेका कविताहरु साथीहरुलाई सुनाँउदा उनिहरुले त्यो कविता देवकोटाले ने लेखेका हुन भनेंर पत्याउथेनन । शुरुवातकालिन दिनहरुमा कवी शिरोमणी लेखनाथ पौड्यालका कृतीहरुबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरु वर्डसवर्थ र सेलीका अंग्रेजी सृजनाहरुलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेज वाट गरेका हुन् भनें बिए बिएल चाँही पटना विश्वबिद्यालयबाट गर्नुभएको हो ।
बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुग्नुभएका देवकोटाले एकदिनभरि नै लगातार छाताका बिषयमा भाषण गर्नुभएको थियो । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भएपनि आकर्षक शब्दहरुको माला र वहूआयाम केलाउनसक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रुपमा नेपाली बाङ्गमयको प्रगतिकालागि आउनुभएको हो ।
वर्तमान त्रिभूवन विश्वविद्यालयको ब्यवस्थापन अनि बढोत्तरीकालागि पनि महाकवी आफू शिक्षा मन्त्रीहुँदा गरेका दूरगामी कदमहरु प्रशंसनीय छन् ।
भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासंगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् । वि सं २०१६ सालमा संसारबाट विदा हुनु भएका उहा महाकवीको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धासुमन ।
Wednesday, February 5
Trending
- प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा मणी अर्याल
- गैसस महासंघ स्याङ्जाको बार्षिक साधारणसभा संगै अभिमूखीकरण कार्यक्रम
- पुतलीबजारमा मौरी पालन सम्बन्धी तालिम सम्पन्न
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन