Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आज गुरु पूर्णिमा एवं ब्यास जयन्ती मनाइदै
    समाचार

    आज गुरु पूर्णिमा एवं ब्यास जयन्ती मनाइदै

    Syangja SandeshBy Syangja SandeshJuly 3, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ असार । आज गुरु पूर्णिमा नेपालमा आध्यात्मिक वा शैक्षिक गुरुहरूको सम्मानमा मनाइने पर्व हो । आफ्ना गुरुहरूलाई नमन गर्न र उनीहरूप्रति आदर प्रकट गर्न यो पर्व मनाइन्छ ।

    हामी सबै मानिसको जीवन निर्माणमा गुरुहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। यस्तो अवस्थामा हामीलाई आकार दिन योगदान पु¥याउने गुरुहरूप्रति कृतज्ञताको भावना कायम राख्नुपर्ने जनविश्वास छ र त्यसलाई व्यक्त गर्न नै गुरुपूर्णिमा पर्व मनाइन्छ ।

    हिन्दू धर्मावलम्बीहरुको परम्परा अनुसार असार शुक्ल पक्षको पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइन्छ । यो पर्व सामान्यतया असार साउन महिनामा पर्दछ । यो वर्ष असार १८ गते सोमबार आज गुरु पूर्णिमा परेको छ ।

    पौराणिक मान्यता अनुसार गुरु पूर्णिमालाई महाभारतका रचयिता वेद व्यासको जन्मदिन मानिन्छ। उनको सम्मानमा यो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ। शास्त्रमा भनिएको छ गुरु पूर्णिमाको दिन महर्षि वेदव्यासले चारै वेदको रचना गरेका थिए त्यसैले उनको नाम वेद व्यास राखिएको हो ।

    परापूर्वकालदेखि नै गुरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ । प्राचीन सभ्यता होस् वा आधुनिक युग, समाज निर्माणमा गुरुको भूमिका महत्वपूर्ण छ । जबसम्म गुरुको कृपा प्राप्त हुँदैन, तबसम्म मानिस अज्ञानको अन्धकारमा भौतारिन्छ र भ्रमको बन्धनमा बाँधिएको हुन्छ, उसले मोक्ष प्राप्त गर्दैन । गुरुबिना उसलाई सत्य र असत्यको भेद थाहा हुँदैन, सही र गलतको ज्ञान हुँदैन ।

    पौराणिक कथा अनुसार जगतगुरु भगवान शिवले यहि दिन देखि सप्तऋषिहरुलाई योग सिकाउन थालेका थिए । गुरु पूर्णिमाको पर्व नेपालमा मात्र नभई भारत र भुटानमा पनि धुमधामका साथ मनाइन्छ ।

    नेपालमा गुरु पूर्णिमालाई शिक्षक दिवसका रूपमा समेत मनाइन्छ । बुद्ध धर्ममा आस्था राख्नेहरुले भगवान बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउँछन् । उनीहरुको विश्वास अनुसार भगवान बुद्धले यसै दिन उत्तर प्रदेशको सारनाथमा पहिलो उपदेश दिएका थिए । त्यसपछि मात्रै बुद्ध धर्मको सुरुवात भएको मानिन्छ ।

    किन मनाइन्छ गुरु पूर्णिमा ?

    आषाढ महिनाको पूर्णिमालाई गुरु पूर्णिमा पनि भनिन्छ। हाम्रो देश नेपालमा अनेकौं परम्पराहरु छन । ती परम्पराहरू मध्ये एक गुरु९शिष्य परम्परा पनि हो । नेपाल प्राचीन कालदेखि नै महान गुरुहरू र उनीहरूका शिष्यहरूको जन्मस्थल हो। गुरु हाम्रो संस्कृतिको एक महत्वपूर्ण अंग हो र त्यही संस्कृतिको सम्झनामा आषाढ महिनाको पूर्णिमाका दिन गुरु पूर्णिमा मनाइन्छ ।

    गुरु पूर्णिमाको सन्दर्भमा के पनि भनिन्छ भने यहि दिन वेदव्यासले वेदको रचना गरेका थिए । धेरै पुराण, उपपुराण र महाभारतको पनि यहि दिन रचना भएको थियो। त्यसैले य‍ो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ ।

    नेपाली समाजमा पनि गुरु पूर्णिमाका दिन आफना गुरुलाई श्रद्धा, भक्ति दर्शाउने गरिन्छ । परापूर्वकालदेखि गुरु र शिष्यप्रतिको समभाव र सदभाव नजिक बनाउदै आएको पाईन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.