स्याङ्जा २ माघ । आँधीखोला लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा पुन नरेश केसी निर्वाचित हुनु भएको छ । आँधिखोलाल घुवित्त वित्तीय संस्थाको पाँचौ साधरणसभाले अध्यक्षमा केसीलाई पुन सर्वसहमतिबाट चयन गरिएको हो ।
वालिङमा शनिवार भएको साधारणसभाले संस्थापकबाट संचालक सदस्यहरुमा श्यामविक्रम खाँण र सावित्रा दवाडी पौडेल चयन हुनु भएको छ । सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷०७८ को वासलत, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।
साथै ,सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ । साधरणसभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गर्नुभएको थियो । कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश केसीले र स्वागत मन्तव्य संचालक दिपेन थापा र धन्यवाद संचालक केहरसिंह गर्नुभएको थियो ।
हाल ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा कार्यक्रम संचालनगर्दै आएको र हालै वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था संग गरेको मर्जर प्रक्रिया अगाडी बढेको प्रमुखकार्यकारी अधिकृत डोलराज के.सीले वताउनुभयो ।
हाल यो संस्थाको प्रधान कार्यालय भीरकोट नगरपालिका १ बयरघारीमा रहेको छ । स्याङ्जामा स्थापना गरी देशका ११ जिल्लामा वित्तियकारोवार गर्दै आएको छ ।