Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारी बन्यो स्याङ्जाकै सर्वोत्कृष्ट गाउँपालिका
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारी बन्यो स्याङ्जाकै सर्वोत्कृष्ट गाउँपालिका

    Syangja SandeshBy Syangja SandeshJanuary 26, 2024Updated:January 26, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ माघ । स्याङ्जाका एघार पालिका मध्ये अर्जुनचौपारी गाउँपालिका जिल्लाको उत्कृष्ट पालिका बनेको छ।

    स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनका नतिजामा अर्जुनचौपारी जिल्लाकै उत्कृष्ट बन्न सफल भएको हो। स्वःमूल्याङ्कनमा पालिका ९४ प्रतिशत अङ्क पाएको छ।

    पालिकाले सङ्गठन तथा प्रशासन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण र सहकार्य र समन्वयमा शतप्रतिशत अङ्क ल्याउन सफल भएको छ।

    पालिकाको शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा, सहकार्य र समन्वयमा उत्कृष्ट अंक ल्याउन सफल भएको छ।

    दश वटा सूचकलाई आधार मानिएको सो मूल्यांकनमा अर्जुनचौपारी गाउँपालिकाले औसत ९४ प्रतिशत नतिजा प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट घोषित भएको हो। जिल्लाका दुई चापाकोट नगरपालिका र हरिनास गाउँपालिका बाहेक अर्जुनचौपारी अग्रपंक्तिमा छ।

    सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्दै आएको छ। यो आर्थिक बर्ष आर्थिक बर्ष २०७९–८० को कार्यसम्पादनको आधारमा मूल्यांकन गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी ििदनुभयो ।

    स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको सबल र दुर्बल पक्षको पहिचान गर्नुका साथै विकास र सुशासनमा रहेका कमीकमजोरीको पहिचान गरी स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकन गरेको हो।

    दोश्रो स्थानमा आँधीखोला गाउँपालिका रहेको छ। पालिकाले ९० दशमलब २५ प्रतिशत अंक पाएको छ। तेस्रोमा फेदिखोला गाउँपालिकाले ८७ दशमलब ७५ प्रतिशत अंक ल्याएको छ भने चौथोमा वालिङ् नगरपालिका जसको अंक ८६ दशमलब ७५ प्रतिशत छ।

    यसैगरी, पाँचौमा कालीगण्डकी गाउँपालिकाको ८५ दशमलब २५ प्रतिशत, छैटौंमा भीरकोट नगरपालिका र गल्याङ् नगरपालिका दुबैले ८२ दशमलब ७५ प्रतिशत अंक पाएका छन भने विरुवा गाउँपालिकाको ७१ दशमलब २५ र पुतलीबजार नगरपालिकाको ६६ दशमलब ७५ प्रतिशत अंक उल्लेख छ।

    चापाकोट नगरपालिका र हरिनास गाउँपालिकाको भने नतिजा सार्वजनिक नभएको भनि उल्लेख गरिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.