Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारीका महिलालाई मुक्तिनाथ बैंकको वित्तीय साक्षरता
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारीका महिलालाई मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

    Syangja SandeshBy Syangja SandeshSeptember 14, 2022Updated:September 14, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रकाश डोटेल
    स्याङ्जा, २९ भदौ । मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंक अन्र्तगत लद्युवित्त विभागमा आबद्ध महिला सदस्यहरुको सहभागितामा अर्जुनचौपारी बजारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

    वित्तीय साक्षरतामा सहभागि महिला सदस्यहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले मुक्तिनाथ विकास बैंकको लगानीमा ग्रामीण क्षेत्रका महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो । महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर भएमात्रै परिवारका सदस्यहरु खुसि र सुखि हुने अध्यक्ष तिवारीले भन्नुभयो ।

    वित्तीय साक्षरता कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका समाबेशी बैंकिङका प्रमुख विजय गुरुङ्ले मुक्तिनाथ बैंकले स्थापना कालदेखि ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरुको आर्थिक विकासमा लगानी गर्दै आएको जनाउनुभयो । उहाले महिलाहरुलाई आत्मनिर्भर बनाउन बैंकले समयसापेक्ष रुपमा लगानी बृद्धि गर्दै जाने सुनाउनुभयो ।

    कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नारायण ढकाल, मुक्तिनाथ विकास बैंकका उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अनुगमन अधिकृत बालकृष्ण रेग्मीले व्यवसाय बृद्धि गर्न बैंकले सबै क्षेत्रका व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्नेमा जोड दिनुभयो ।

    सो अवसरमा मुक्तिनाथ कृषि कम्पनी क्षेत्रिय कार्यालय पोखराका प्रमुख भुमीराज भण्डारीले बैंकसँगै कृषि कम्पनी मार्फत मुक्तिनाथले आयात निरुत्साहित गर्न उत्पादनमा जोड दिएको बताउदै मुक्तिनाथ कृषि कम्पनीले कृषिमा आधुनिकीरण गर्नका लागि कृषकसँग सहकार्य गर्दै अगाडी बढ्ने योजना बनाएको प्रमुख भण्डारीले जानकारी गराउनुभयो ।

    वित्तीय साक्षरता कार्यक्रम ४४ नं. का केन्द्र प्रमुख तथा गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सौराज अर्यालले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत तथा बैंकको प्रगति प्रतिवेदन शाखाका प्रमुख निर्मल मरासिनीले प्रस्तुत गर्नुभएको थियो ।

    मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखामा १ सय १९ महिला समूहमा झण्डै ३ हजार महिलाहरु आबद्ध छन् । बैंक मार्फत करिब १९ करोड ऋण लगानी भएको बैंकले जनाएको छ । बैंकले पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी, आँधीखोला गाउँपालिका र पर्वतको महाशिला गाउँपालिकामा सेवा प्रबाह गर्दै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.