Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 19
    Trending
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अबसर नपाएका वर्गलाई थप सक्रिय बनाउन मेरो उम्मेदवारी
    राजनीति

    अबसर नपाएका वर्गलाई थप सक्रिय बनाउन मेरो उम्मेदवारी

    Syangja SandeshBy Syangja SandeshDecember 13, 2021Updated:December 13, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ मंसिर । पछिल्लो समय नेपाली राजनीतिमा राष्ट्रियताको बिषयमा खुलेर बुलन्द आवाज उठाउने नेता हुन् धनराज गुरुङ । नेपालको पुरानो राजनीतिकदलको फेरो समातेर सामाजिक सेवामा लागेका गुरुङ् १४ औं महाधिवेसनमा नेपाली काँग्रेसको केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिएका छन् । सभापतिका उम्मेदवार डाक्टर शेखर कोइरालाको नेतृत्वमा बनेको टिमबाट गुरुङ्ले उपसभापतिमा उम्मेदवारी दिएका हुन् । विद्यार्थीकाल देखि राजनीतिक यात्रा शुरु गरेका गुरुङ् सगँ राष्ट्र र राष्ट्रियताको राम्रो अनुभव रहेको छ । सरकार र राजनीतिकदल विधि सम्मत चल्नु पर्छ भन्ने संस्कारको आवाज उठाउदै आएका गुरुङ्ले संगठनमा पार्टीले पुराना नेतालाई न्याय गर्नुपर्छ भन्ने मान्यता राखेका छन् ।
    गुरुङ्ले १४ औं महाधिवेसनमा नेपाली काँग्रेस पार्टीमा अबसर नपाएका वर्गको थप सक्रिय हुने अवसर प्रदान गर्नुपर्छ भन्ने बिषयलाई मुख्य मुद्धा बनाएको बताएका छन् । अवसर नपाएका वर्गको प्रतिनिधित्व गर्दै मेरो उम्मेदवारी केन्द्रीय उपसभापतिमा रहेको जनाउ गुरुङ्ले दिएका छन् । निष्ठा, सिद्धान्त र संगठनमा अमिट छाप बनाइरहने गुरुङ् देशभरीका काँग्रेस कार्यकर्ताले रुचाइएका व्याक्तिका रुपमा पर्दछन् । संविधान सभामा दुईपटक सभाषद बनेका गुरुङ्ले राष्ट्रियताको सवालमा धेरै मुद्धाहरुको बहस गरेका थिए । भारतीयले लगाएको नाकाबन्दी होस या सिमाना मिच्ने देखि तेस्रो मुलुकमा अलपत्र परेका नागरिकको मुद्धामा सदन देखि सडक सम्म चर्को आवाज उठाएका गुरुङ् राष्ट्रवादी युवा नेताका रुपमा आफुलाई दर्ज गर्न सफल व्याक्ति बन्न पुगेको उनलाई नजिकबाट चिन्ने गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीको भनाई छ ।
    उनले चलाएको अभियानलाई पार्टीले साथ दिन सकेमा काँग्रेस सधै बलियो पार्टी बन्ने दावी उपसभापति तिवारीको छ । स्याङ्जाले एक जुझारु काँग्रेसको युवा जन्माएको छ तिवारीले भनिन्,‘देशभरका प्रतिनिधिहरुले यो सुर्वण अवसरमा यस्ता युवानेताहरुलाई नेतृत्व तहमा पुराउन सहयोग गर्नुपर्छ ।’ काँग्रेसलाई गाँउदेखि केन्द्र सम्म सवल र सक्षम बनाउने हो भने डा. शेखर कोइरालाको टिमलाई बिजयी बनाउनु पर्छ उनले भनिन् । संघर्षको मैदानबाट आएका गुरुङ् सगँ पार्टीमा न्याय हुन्छ भन्ने विश्वास हामीमा रहेको दावी उपसभापति तिवारीको छ ।
    को हुन् उपसभापतिका उम्मेदवार गुरुङ
    स्याङ्जाको साविक अर्जुनचौपारी १ हाल अर्जुनचौपारी गाँउपालिका २ लामडाँडामा जन्मेका गुरुङ्को बाल्यकाल जिवन गाँउमै बितेको हो । बाल्यकालदेखि अन्याय अत्याचार विरुद्ध आवाज उठाउनु पर्छ भन्ने मान्यता बोकेका गुरुङ् स्कुले जिबनमै विद्यार्थीको राजनीतिबाट शुभारम्भ गरेका हुन् । हालको भीरकोट नगरपालिका स्थित दहथुम माविबाट २०३६ सालबाट नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका थिए । २०४२ सालमा पोखरा पृथ्वीनारायण क्याम्पसबाट अव प्रजातन्त्र प्राप्ती पछि मात्रै नेपाल र नेपालीको भविष्य उज्जवल हुन्छ भन्ने मानसिकता बोकेर आन्दोलनको आधीबेहरीमा हाम फालेका गुरुङ् सत्याग्रहको नायक हुन् । राजनीतिक यात्रालाई अविछिन्न लागे मात्रै गन्तव्यमा पुगिने सोच बनाएर यात्रा गरिरहेका गुरुङ् २०५३ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष हुन पुगे ।
    उनको राजनीतिक यात्रा हेर्दा यत्तीकैमा रोकिएको देखिदैन । निरन्तरताको लगाब र संघर्ष गर्दै काँग्रेसको भातृसंगठन नेपाल तरुणदलको २०५४ सालमा महामन्त्री, २०४८ सालदेखी निरन्तर महाधिवेसन प्रतिनिधि, २०६४ सालदेखि निरन्तर काँग्रेसको केन्द्रीय सदस्यमा रहेर काम गर्दै आएका छन् । विपि कोइरालाको आर्दशलाई राम्रो सगँ बुझेर राजनीतिक सेवा प्रारम्भ गरेका गुरुङ संविधान लेखन प्रक्रियाका एक साक्षी पनि हुन् ।
    विद्यार्थी राजनीतिबाट शुभारम्भ गरेको यात्रा काँग्रेसको १४ औं महाधिवेसन सम्म आईपुग्दा उनी कार्यकारी पद उपसभापतिको उम्मेदवारीको चुनावी मैदानमा छन् । सामाजिक सेवा राजनीतिबाट मात्रै गर्न सकिने सोच बनाएर निरन्तर संघर्षको मैदानमा उत्रिएका गुरुङले सफलता हासिल गर्ने अधिकांश काँग्रेसीजनको बुझाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.