Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘अपाङ्गता समावेशी विकास’ मा सरोकारवाला पक्षसँग अन्तरक्रिया
    वालिङ् नगरपालिका

    ‘अपाङ्गता समावेशी विकास’ मा सरोकारवाला पक्षसँग अन्तरक्रिया

    Syangja SandeshBy Syangja SandeshAugust 24, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ भदौ । स्थानीय तहमा अपाङ्गता समावेशी विकास सम्बन्धी सरोकारवाला पक्षसँगको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम बुधबार वालिङमा गरिएको छ ।


    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्याङ्जा अपाङ्ग सञ्जालको आयोजना, वालिङ नगरपालिकाको समन्वय र स्थानीय सरकार सवलीकरण कार्यक्रमको साझेदारीमा वालिङ नगरपालिकाभित्रका माध्यमिक तहका प्रधानाध्यापक तथा विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरुसँग अन्तरक्रिया गरिएको हो ।


    अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका कार्यवहाक नगर प्रमुख एवं नगर प्रवक्ता पदमराज गुरुङले भिन्न क्षमता भएका ब्यक्तिहरुलाई समाजले गर्ने ब्यवहार साथै दृष्टिकोणमा पनि परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।
    पुस्तौंदेखि विभिन्न कुसंस्कार, कुसंस्कृति कहिंकतै अझै पनि जीवितै रहेकाले यस्ता कुसंस्कारहरुलाई तोड्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न पनि उहाँले आग्रह गर्नुभयो ।


    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले अपाङ्गता भएका ब्यक्तिएको कुनै एउटा अङ्ग कमजोर भएपनि अन्य पक्षमा भने अझ बढी सबल हुने भएकाले आत्मबल कमजोर नभई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
    नगरपालिकाले सिमित स्रोत र साधनका बाबजुत पनि अपाङ्गता क्षेत्रमा केही न केही नमूना काम गर्दै अगाडि बढेको बताउनुहुँदै आगामी दिनमा पनि निरन्तरता दिंदै जाने प्रतिवद्धता जनाउनुभयो ।


    कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे, द एशिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार, स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोखरेल, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद भण्डारी, वालिङ नगरस्तरीय अपाङ्ग सञ्जालका अध्यक्ष डेलबहादुर विक लगायतले नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गताका क्षेत्रलाई सम्बोधन गरेको र बजेटमा पनि सम्बोधन गरी कार्यान्वयनमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।


    अन्तरक्रिया कार्यक्रममा अपाङ्ग महासंघ गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष एवं नगरस्तरीय पैरवी समूहका फोकल पर्सन युवराज पराजुलीले कार्यक्रममाथि प्रकाश पार्नुकासाथै सहभागीबाट उठेका जिज्ञाशाहरुको सहजीकरण गर्नुभएको थियो ।
    सरोकारवालाहरुको अन्तरक्रिया एवं बैठकले वालिङ नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा अपाङ्गता सवालका विषयमा सम्बोधन गरिएकाले बजेटमासमेत सम्बोधन गर्नकालागि वालिङ नगरपालिकालाई पुनः अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तैगरी नेपाल सरकार, प्रदेश सरकार र वालिङ नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको पक्षमा निर्माण गरेका नीति एवं कानूनी प्रावधानलाई ब्यवहारिकरुपमा कार्यान्वयन गर्न आ–आफ्नोतर्फबाट प्रतिवद्धता ब्यक्त गरेको छ ।


    भुम्रे माविमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षालाई प्रक्रिया पूरा गरी सोही विद्यालयलाई पूर्ण अपाङ्गतामैत्री बनाउने वा उपयुक्त विद्यालय वा स्थानमा सार्न नगरपालिका कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


    यसैबीच आज नै नगरमा गठन भएको अपाङ्गता पैरवी समूहको बैठक सम्पन्न भएको छ । बैठकले अपाङ्गताका क्षेत्रमा जोडिएका सरोकारवाला निकायहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनमा जोड दिएको छ । कतिपय सरोकारवाला पक्षहरुलाई अपाङ्गताका क्षेत्रमा यथेष्ट जानकारी नभएकाले सुसूचित गराउँदै अपाङ्गता भएका ब्यक्तिहरुको हकअधिकारलाई स्थापित गर्नकालागि पहल गर्ने निर्णय गरेको छ ।

    पैरवी समूहले बिहीबार उद्योगी ब्यापारी तथा वालिङ नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुसँग अन्तरक्रिया गर्ने तयारी गरेको पैरवी समूहका अध्यक्ष राम शर्मा पोखरेलले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.