स्याङ्जा ७ बैशाख । स्याङ्जा जिल्ला अपाङ्ग समाज स्याङ्जाको आयोजना तथा सामाजिक विकास कार्यालय को आर्थिक सहयोगमा अपांगता ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
समुदायमा आधारित पुनस्थापना कार्यक्रम तर्फ अपांगता क्षेत्रमा कार्यरत संस्थाहरुका पदाधिकारी सदस्य सहित पालिका स्तरिय अपांगता संजाल का पदाधिकारी सदस्यहरु को लागी ३ दिने अपांगता व्यवस्थापन तालिम गरिएको हो ।
तालिम समापन अवसरमा बोल्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अपांगता विकास र मुल प्रवाहिकरणको विषय भएकाले उहाहरुको सहज र सुरक्षित जीवनयापनका लागि पुतलीबजार नगरपालिकाले अपांगता भएका ब्यक्तिका लागि निशुल्क स्वास्थ्य विमा, क्षमता विकास, सहयोगी सामाग्री वितरण अभियान सुरु गरिसकेको बताउनुभयो ा उहाले अपांगता बर्गको सहयोगका लागि नगरपालिका निरन्तर सहयोगी भूमिकामा रहने वताउनुभयो।
कार्यक्रममा प्रमुख सहजकर्ता युवराज पराजुली ,स्याङ्जा वहिरा संघका सचिव सरिता थापा ,सहभागी रिसिकुमार रेग्मी लगायतले तालिमका क्रममा सिकेका विषयमा व्यवहारिक रूपमा लागू गर्न सके आफ्नो जीवन र समाजका लागि हितकारी हुनेमा जोड दिनुभयो ।
तालिममा अपांगता निर्देशन समिति गण्डकी प्रदेशका विज्ञ सदस्य युवराज पराजुली, सामाजिक विकास कार्यालय प्रमुख इश्वरीप्रसाद रेग्मी, स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोखरेल र वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
तालिममा अपांगता को अवधारणा ,परिचय, वर्गिकरण, परिचय पत्र, सेवा सुविधा, विधमान समस्या, समाधानका उपायहरु, अपाङ्गताको तथ्याङ्किय अवस्था, जनवकालत, स्थानीय तहको योजना तर्जुमा प्रकृया,अपागता सम्वन्धि विधमान कानुनी व्यवस्था, संस्था तथा स्थानीय संजालको भुमिका, सामाजिक सेवा एकाइ कार्यक्रम, सम्पर्क समन्वय संचार तथा सहजीकरण सिप लगायतका विषयमा जानकारी गराइएको थियो ।
स्याङ्जा अपाङ समाज का अध्यक्ष राम शर्मा पोखरेल को अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव इन्द्र प्रसाद शर्मा ले गर्नु भएको थिया ।
तालिममा समाजका पदाधिकारी सदस्य सहित जिल्लामा अपांगता क्षेत्रमा कृयाशिल वहिरा सघ, दृष्टिविहिन संघ सहित स्थानीय तहमा रहेका अपांगता संजाल का पदाधिकारी तथा सदस्य, जिल्ला अस्पताल सामाजिक सेवा इकाइमा कार्यरत सहजकर्ताहरुगरी २५ जनाको सहभागी थिए ।