Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 25
    Trending
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा ९० प्रतिशत रोपाई, एक अर्ब ७० करोडको धान उत्पादन गर्ने लक्ष्य
    समाचार

    स्याङ्जामा ९० प्रतिशत रोपाई, एक अर्ब ७० करोडको धान उत्पादन गर्ने लक्ष्य

    स्याङ्जामा यसबर्ष रोपेको धानबाट १ अर्ब ७० करोड मूल्य बराबरको धान उत्पादन गर्ने लक्ष्य लिइएको छ । अहिलेसम्म स्याङजामा ९० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 28, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ साउन । स्याङ्जामा यसबर्ष रोपेको धानबाट १ अर्ब ७० करोड मूल्य बराबरको धान उत्पादन गर्ने लक्ष्य लिइएको छ । अहिलेसम्म स्याङजामा ९० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    स्याङ्जाका १४ हजार हेक्टर क्षेत्रफलमा धान रोपी ५६ हजार मेट्रिक टन उत्पादनको लक्ष्य लिएको कार्यालय प्रमुख बिनोद हमालले जानकारी दिनुभयो । उहाले भन्नुभयोे, ‘प्रति किलो न्यूनतम मूल्य ३० रुपैंया सरकारी मूल्य तोकिएकोे र प्रति हेक्टर ४ मेट्रिक टन धान फलाउने कार्यालयको अनुमान छ ।’

    गतबर्ष ५४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । गतबर्ष भन्दा यसबर्ष २ हजार मेट्रिक टन उत्पादन बढ्न सक्ने कार्यालयले जनाएको छ ।

    स्याङ्जामा सबैभन्दा धेरै रामधान, साबित्री, सुनौलो सुगन्धा, सावा मन्सुली र स्थानीय जातका धान रोप्ने गरिन्छ । साउनको दोश्रो साता सकिन लाग्दा धान रोपाई गरिने जग्गा मध्ये स्याङ्जामा ९० प्रतिशत रोपाईं सकिएको छ । अघिल्लो बर्ष यतीवेला ९२ प्रतिशत रोपाई सकिने गर्दथ्यो ।

    धान खेतको कुल १४ हजार हेक्टर क्षेत्रफल मध्ये शुक्रवारसम्म १२ हजार ६ सय हेक्टरमा धान रोपाई सकिएको हो । प्रमुख हमालका अनुसार, ‘यहाँका ११ पालिकामा भएका रोपाईंका आधारमा औषतमा ८५ प्रतिशत रोपाई सकिएको हो।’


    सबैभन्दा धेरै हरिनास, फेदिखोला र आँधीखोला गाउँपालिकामा भएका छन्। यी तीनवटै पालिकामा ९५ प्रतिशत रोपाईं सकिएका हुन्।सबैभन्दा कम चापाकोट नगरपालिकामा ७० प्रतिशत भएको छ।

    पुतलीबजार, भीरकोट र वालिङ् नगरपालिका सहित विरुवा गाउँपालिकामा ९० प्रतिशत रोपाई सकिएका छन्। गल्याङ् नगरपालिका र कालीगण्डकी गाउँपालिकामा भने ८० प्रतिशत रोपाई सकिएको पालिकामा कार्यरत कृषि प्राबिधिकहरुले जनाएका छन ।

    बाढी पहिराका कारण स्याङ्जामा सयौं हेक्टर जमिन प्रभावित बनेको छ । कयौं खेत बगरमा परिणत भएका छन भने कयौं खेतमाथि पहिरोले पुरिएका छन ।

    नहर÷कुलोमा पानी चल्न नपाउँदा चापाकोट र गल्याङ नगरपालिकामा रोपाईका लागि कठिनाइ भएको छ । भारी बर्षातले कुलाका मुहान भत्काएकाले गतबर्ष भन्दा १० प्रतिशत कम रोपाई भएकोे प्रमुख हमालले जानकारी दिनुभयो । यी नगरपालिकामा धान खेतीका लागि उर्वर फाँट हुन। जिल्लाका सबै पालिकामा धान खेती अत्यन्त राम्रो हुने गर्दछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.