Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 31
    Trending
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    • हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    • पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा मतदाता शिक्षा अभियान शुक्रवारदेखि सुरु, ९७ जना स्वयंसेवीका खटाईदैे
    समाचार

    स्याङ्जामा मतदाता शिक्षा अभियान शुक्रवारदेखि सुरु, ९७ जना स्वयंसेवीका खटाईदैे

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ कात्तिक । मतदातालाई मतदानमा सक्रिय सहभागिता जनाउन र मतलाई बदर हुन नदिने उदेश्यले स्याङ्जामा शुक्रवार कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गरिने भएको छ ।


    मतदाता शिक्षा जिल्ला स्तरीय समितिको मंगलबार बसेको बैठकले जिल्लाभर वडादेखि नै सो अभियान संचालन गर्ने निर्णय गरेको हो। पन्ध्र दिन लामो मतदाता शिक्षा कार्यक्रममा वडामा सेवारत स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने भएको छ। स्याङ्जामा ११ पालिकामा ९७ वडा छन्। प्रति वडा एक जना स्वयंसेविकालाई खटाईने भएको छ।


    प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गरिने भएको बताउनुभयो । उहाले भन्नुभयो, ‘५ बर्षको एक पटक मतदान गर्न पाउने अधिकारको मतदाताले नै सहि सदुपयोग गर्नुपर्छ।’


    मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला स्तरीय, पालिका स्तरीय र वडा स्तरीय समिति गठन गरिएका छन्।
    प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरीय समिति छ। समितिको सदस्यमा जिल्ला समन्वय अधिकारी, सदरमुकामको स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, पत्रकार महासंघका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने प्रावधान छ।


    यसैगरी, स्थानीय पालिका स्तरीय र वडा स्तरीय समिति समेत गठन भएका छन् । स्थानीय तह स्तरमा सम्बन्धित स्थानीय तहहको प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा ४ सदस्य र वडा स्तरमा वडा सचिवको संयोजकत्वमा ३ सदस्यीय समिति बनेका छन्।


    सबै समितिहरुका मुख्य उदेश्य भनेको आफना क्षेत्र भित्रका सम्पूर्ण मतदातालाई समेट्नेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने कार्यतालिका तयार गरी समुदायस्तरका घरदैलोमा पुगेर स्वयंसेवक मार्फत मतदाता शिक्षा उपलब्ध गराउनु हो। यसको चाजोपाजो स्थानीय पालिकाले मिलाउनेछ।


    स्वयंसेवकहरुले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन्।
    यसैगरी, स्याङ्जाका ११ वटै स्थानीय तहमा निर्वाचन सम्पर्क ब्यक्ति समेत तोकिएका छन्।

    अर्जुनचौपारी गाउपालिकामा कमल भण्डारी, आँधीखोलामा गुरुदत्त ढकाल, फेदिखोलामा रामचन्द्र गुरुङ, बिरुवामा पिताम्बर पोखरेल, हरिनासमा सरोज मरासिनी, कालिगण्डकीमा हिरामणी पाण्डे र पुतलीबजार नगरपालिकामा बाबुराम बराल, भीरकोटमा रामप्रसाद खनाल, वालिङमा नरायणप्रसाद रेग्मी, गल्याङमा दशरथ उपाध्याय र चापाकोटमा रत्नखर आचार्यलाई प्रशिक्षण सहित जिम्मेवारी सुम्पिएको जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.