Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 16
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको कफी उत्पादन गतबर्षभन्दा दोब्बरकोे अनुमान
    अर्थ

    स्याङ्जाको कफी उत्पादन गतबर्षभन्दा दोब्बरकोे अनुमान

    Syangja SandeshBy Syangja SandeshMarch 14, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ चैत । दुई÷तीन बर्षका तुलनामा यसबर्ष स्याङ्जामा कफी उत्पादनमा बृद्धि भएको छ । सुन्तला जस्तै स्याङ्जामा कफीको पनि राम्रो उत्पादन हुने भुगोल हो ।

    जिल्ला कफी सहकारी संघ लिमिटेड स्याङ्जाका अनुसार यसबर्ष ३० हजार किलो पार्चमेन्ट कफी उत्पादन हुने अनुमान छ । जसका निम्ती १ लाख ५० हजार किलो कफी फलेको सहकारीका अध्यक्ष फणिनारायण अर्यालले जानकारी दिनुभयो ।
    उहाका अनुसार गतबर्ष १६ मेट्रिक टन अर्थात १६ हजार किलो कफी उत्पादन भएको थियो । कफीबाटै यसबर्ष स्याङ्जाले झण्डै २ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।

    किसानका लागि फ्रेसचेरी (बोटबाटै टिपेर ल्याएको राता दाना) को प्रतिकिलो मूल्य १ सय १३ रुपैंया निर्धारण गरेको छ । सहकारी संघको बोर्ड बैठकको निर्णय अनुसार किसानले तत्काल सय रुपैंया हात पार्छ । ती मध्ये १० रुपैंया सहकारीमा जम्मा हुन्छ भने ३ रुपैंया कफी ढुवानीमा खर्च हुन्छ ।

    राष्ट्रिय चिया तथा कफी बोर्डले निर्धारण गरेको मूल्य भन्दा बढी दिएर सहकारीले किसानको कफी खरिद गर्नेगर्दछ। ‘सहकारी संघमा स्याङ्जामा ४ हजार ५ सय किसान आवद्ध छन ।’

    स्याङ्जामा २०५६ सालदेखि ब्यावसायिक रुपमा कफी खेती सुरु गरिएको हो । करिब ३ सय हेक्टरमा कफी खेती गरिने जनाइएको छ । पाखोबारी र वनजंगल भित्र कफीको उत्पादन राम्रो हुन्छ । रोपेको ३÷४ बर्षमै फल दिन्छ । कफी खेतीका लागि त्यती झन्झट र दुख पनि हुदैन । स्याहार र संरक्षणमा भने ध्यान दिनु जरुरी छ ।

    झण्डै दशकदेखि यहाँका कफी जापान र नेपाल स्टेट कफी कम्पनी मार्फत निर्यात गरिन्छन ्। केही बर्षअघि यहाँका कफी जर्मन र हाइल्याण्ड कम्पनीमा पनि पुगेका थिए ।स्याङ्जाका चापाकोट नगरपालिका सहित कालीगण्डकी र हरिनास गाउँपालिका बाहेक सबै ठाउँमा कफीको उत्पादन राम्रो छ ।

    पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ् नगरपालिका र फेदिखोला, आँधीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादन हुने उपयुक्त स्थल हुन । कामदारका अभावमा गाउँघरका जग्गा बाँझो रहन थालेपछि पुनः कफी रोप्ने काममा स्थानीयबासीले चासो देखाएका छन्। कफीको मूल्य तत्कालै नगद हातमै पाउन थालेपछि किसानको चासो बढेको हो ।

    स्याङ्जामा यसबर्ष कफी उत्पादन राम्रो भएको कफी ब्यवस्थापक माया तिवारीले जानकारी दिनुभयो । कफी टिप्ने, संकलन गर्ने र प्रशोधनका कम समेत सुरु भएका छन्। केही कफी बोटमा पाक्दैछन्, केहि टिपिदैछन्। केही प्रशोधनका लागि पखाल्ने, सुकाउने, बोक्रा छोडाउने, प्याकिङ गर्ने पनि भैरहेका ब्यवस्थापक तिवारीको भनाई छ ।

    सहकारीले कफी किसानलाई पायक पर्नेगरी कफी संकलन केन्द्र तोकेको छ। जुनसुकै समयमा जतिसुकै परिणाममा ल्याए पनि सहकारीले कफी खरिद गर्ने गरेको छ। बजारको सुनिश्चितता र तत्कालै नगद पाउने भएपछि यहाँका किसानले कफी रोपण गर्दे आएको कफी किसान डिल्लीराम रेग्मी भन्नुहुन्छ ।

    सहकारीले पनि कफी किसानलाइै प्रोत्साहित गर्न बिरुवा र प्रबिधि खरिदमा अनुदान दिनुका साथै कफी किसानलाई आइपर्ने समस्यालाई तत्काल समाधान गर्दे आएको छ ।

    कफीका लागि उर्वर मानिएको स्याङ्जामा कफी रोपण कार्यलाई प्रोत्साहित गर्न सके आयआर्जन गर्ने गतिलो माध्यम बनाउन सकिन्छ। बिदेशीले समेत यहाँका कफीको स्वाद रुचाएका छन्। कफी निर्यात योग्य बाली भएकाले यसले अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिएकाले यसतर्फ सम्बन्धित पालिकाले ध्यान दिन सके कफीका माध्यमबाट राम्रो आजआर्जन बढाउन सकिने कृषिका जानकारहरु बताउछन ।

    स्याङ्जा लगायत पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान कार्यक्षेत्र रहनेगरी केहीबर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण कफी सुपरजोन परियोजना पनि लागु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.