Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 8
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका सुन्तलामा औंसा किरा, नियन्त्रणको प्रयासमा ज्ञान केन्द्र र सुन्तला सुपरजोन
    समाचार

    स्याङ्जाका सुन्तलामा औंसा किरा, नियन्त्रणको प्रयासमा ज्ञान केन्द्र र सुन्तला सुपरजोन

    Syangja SandeshBy Syangja SandeshNovember 16, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ३० कात्तिक । स्याङ्जाका सुन्तलामा औंसा किराको आक्रमण तिव्र देखिएको छ। सुन्तला र सुन्तलाजातका फल पाकेर टिप्ने बेलाका सुन्तलामा औंसाको प्रकोप देखिएपछि यहाँका किसान चिन्तामा परेका छन्।
    सुन्तला पाक्न समयभन्दा अगावै सुन्तला पाकेको जस्तो देखिने र झर्ने क्रम बढेकाले सुन्तला परिक्षण गर्दा औंसाको प्रभाव देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले बताउनुभयो ।
    ‘झरेका सुन्तलालाई ठूलो खाडलमा पुर्नु वा प्लाष्टिकका थैलामा जम्मा पारेर हावा नछिर्नेगरी त्यसको मुख राम्ररी बाँधेर एकसाता घाममा राख्नुपर्छ।’ उहाले भन्नुभयो, ‘ती किरालाई जमिनभित्र जाने वातावरण दिनुहुदैन। अनि मात्र औंसा किरा नियन्त्रण गर्न सकिन्छ।’
    प्रयोग नगरिने पानीको टंकी र गोबर ग्यासको खाडलमा झरेका सुन्तला डुवाएर किरा नियन्त्रण गर्न सकिने उनले थपे।
    फल कुहाउनका लागि देखिएका औंसा किरा ब्यवस्थापन लागि सबै किसानले अभियान सुरु गर्न जरुरी छ। एक÷दुई जनाको वेवास्ता गरे पनि यो समस्या नहट्ने उहाले बताउनुभयो ।
    एउटा औंसा किराले ५० देखि २ सय वटासम्म किरा पार्ने हुँदा यसको प्रभाव तिव्र फैलिने प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय प्रमुख माधवप्रसाद लम्सालको भनाई छ।
    औंसा किरा सुन्तला लगायत मौसम, निवुवा, जुनार लगायतका फलमा पनि देखिएका छन। एउटा दाना फलमा १० देखि १५ वटासम्म औंसा किरा भेटिएको प्रमुख लम्सालले जनाउनुभयो।
    फल झर्ने क्रम तिव्र देखिएपछि किसानका बगैंचामा पुगेका ज्ञान केन्द्र र सुपरजोनले किरा नियन्त्रण गर्ने बिधि सिकाएको छ। केन्द्र र सुपरजोनले किसानलाई झरेका सुन्तला संकलनका लागि प्लाष्टिकका थैला प्रदान गरेको छ।
    केन्द्र र सुपरजोन कार्यालयका प्रमुख सहितका प्राबिधिक टोलीले पुतलीबजार, भीरकोट र अर्जुनचौपारीका क्लष्टरमा पुगेर बगैंचा अनुगमन सहित सुन्तला किसानसंग अन्र्तक्रिया गरेका छन्। उनीहरुले बगैंचा ब्यवस्थापन, मलजल र समयमै प्रोटिन बेट लगायतका आवश्यक तत्व उपलब्ध गराउन सुझाव दिनुभयो।


    कृषि प्राबिधिक अधिकृत इन्द्रप्रसाद सुवेदी र वालि संरक्षण अधिकृत सविन कार्कीले प्राबिधिक पक्षका बारेमा पनि जानकारी गराउनुभयो ।
    ‘सुन्तला किसानका लागि कोरोनाभन्दा बढी खतरनाक देखिएको छ औंसा किरा’ सुन्तला सुपरजोन सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद अर्याल भन्छन्। उहाले थप्नुभयोे, ‘यसको तत्काल नियन्त्रण र उचित ब्यवस्थापन गर्न सकेनौं भने स्याङ्जाका सुन्तला सबै सखाप हुनेछन्।’
    गतबर्ष ५१ करोडको सुन्तला उत्पादन गरेको स्याङ्जाले यसबर्ष निकै कम आम्दानी हुने जनाएको छ। गतबर्ष सुन्तलाबाट २२ लाख आम्दानी गरेको बताउने पुतलीबजार नगरपालिका १० का मुक्ति अधिकारीले यसबर्ष १० लाखको पनि सुन्तला नहरेको जानकारी दिनुभयो ।
    औंसाका कारण यहाँका सयौं किसानका सुन्तलाबाट आउने आम्दानी घट्ने निश्चित छ। स्याङ्जाको प्रमुख बाली मध्ये सुन्तला एक हो। सुन्तलाका लागि उपयुक्त हावापानी भएकाले यस जिल्लामा सुन्तला सुपरजोन परियोजना संचालनमा छ। यहाँका ९७ वडामध्ये ३÷४ वटा वडा वाहेक सबै वडामा सुन्तला उत्पादन राम्रो हुन्छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.