स्याङ्जा १७ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३८ औं साधारणसभा तथा १६ औं अधिवेशनले महादेव श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरेको छ ।
गएराती मंगलबार सम्पन्न मतगणनामा अध्यक्षका निकटतम प्रस्प्रिर्धी हिक्मत श्रेष्ठलाई ८ मतले पछि पार्दै महादेव श्रेष्ठ बिजयी हुनु भएको हो । हिक्मतले १ सय ४१ मत ल्याउदा महादेवले १ सय ४९ मत ल्याउनु भयो ।
यसैगरी, अध्यक्षका अर्का प्रत्यासी राजनप्रसाद घिमिरेले १ सय २ र नारायणप्रसाद ढकालले ६८ मत ल्याएका छन् । निकै प्रतिस्पर्धा रहेको निर्वाचनमा अध्यक्ष पदका ४ उम्मेदवार थिए । महासचिवमा ३ जना र अन्यमा भने २÷२ जना बिच प्रतिस्पर्धा भएको हो ।
वरिष्ठ उपाध्यक्षमा भिमकुमार श्रेष्ठ (२३९) मत, महासचिवमा रविन्द्र केसी (२३४), सचिव रामप्रसाद लम्साल (२५७), कोषाध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ (२३०) मत ल्याई निर्वाचित हुनु भएको छ ।
वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी अर्जुन थापाको (२१९), महासचिवका प्रतिस्पर्धी आशिष लम्सालको (१९९) र मोहम्मद सरिफ मिया (२४), सचिवका प्रतिस्पर्धी प्रकाश डोटेलको (१७०) र कोषाध्यक्षका प्रतिस्पर्धी लक्ष्मण प्रधानको (२१७) मत पाउनु भएको छ ।
यसैगरी, सदस्यहरुमा हिटलर पौडेल (२५२), अमृत लामिछाने (२४७), मिनाकुमारी सुवेदी (२३६), सुर्दशन रेग्मी (२२५), छायादत्त सापकोटा (२१७), सूर्यप्रसाद शर्मा (लामिछाने) (२१४), कौशिला पौडेल (करुणा) (२१३), राजेन्द्र श्रेष्ठ (२१०) मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
वाणिज्यतर्फ, उद्योगतर्फ र महिलातर्फको उपाध्यक्षहरु क्रमश ः शाखालिद मिया, दिपककुमार श्रेष्ठ र गंगा प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ ।
सहकोषाध्यक्ष र सहसचिवमा भने उम्मेदवारका योग्यता नपुगेका कारण ती दुबै पद हाल रिक्त रहेका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका ५ सय ८७ मतदाता मध्ये ४ सय ७५ मत खसेको थिथो ।
वि.सं. २०१३ सालमा स्थापित स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ केन्द्रिय संघको संस्थापक सदस्य पनि हो ।