स्याङ्जा ६ माघ । गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ नगरपालिकाको शिक्षाको गुणस्तर बृद्विगर्ने अभियानमा आफु जुटेको बताउनुभयो । शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन सबै खाले गतिबिधिलाई अघि बढाउन आफु तयार रहेको उहाको भनाई छ ।
गल्याङ् ं.९ गौमुख गेझास्थित ज्ञानोदय माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव तथा अभिभावकदिवस समारोहलाई सम्बोधनगर्दै सो कुरा बताउनु भएको हो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो आफू निर्वाचित भएपछि शिक्षामा छात्राबृत्ती तथा विपन्न र गरिव बालवालिकाका शिक्षाका लागि राहत र सहयोगका कार्यक्रम संचालन गर्दै आएको दावी गर्नुभयो । शिक्षकका लागि क्षमता अभिबृद्वि तालिम विद्यालयका भौतिक तथा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिएको उहाले भन्नुभयो ।
कार्यक्रममा उपप्रमुख हेमान्यौपाने, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, वडाअध्यक्ष नामादेव खनाल,पूर्व अध्यक्ष हरिलाल खनाल, पधानाध्यापक लेखनाथ चापागाई, गल्याङ बहुमुखी क्याम्पसका सहायकक्याम्पस प्रमुख ऋषिराम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्तगर्नु भएको थियो ।
विद्यालयका प्रअ तुलसा भण्डारीले विद्यालयको शैक्षिक,भौतिकतथा १ करोड ६३ लाख २०हजार ९सय ४२ रुपैया बरावरको आयव्यार्य प्रस्तुतगर्नु भएके थियो । विभिन्न विद्यामा प्रथम,दोस्रो,तेस्रो, सान्तोना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरणतथा सांस्कृतिक कार्यक्रम जनचेतनामूलक नाटक समेत प्रस्तुत गरिएका बिद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक डि.आर भण्डारीले र कार्यक्रमको सञ्चालन शिक्षिक तुलसीराम भण्डारीले गर्नु भएको थियो ।