काठमाडौं ६ आश्विन । सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तालुकदार मन्त्री पाएकै क्षण १२ शक्तिशाली मुलुकमा काम गरिरहेका राजदूतले हात धुनुपरेको छ । कुटनीतिक क्षेत्रमा सरकारले करौंती चलाएपछि त्यसको असर कुटनीति साथै आन्तरिक राजनीतिमा पनि देखिएको छ ।
अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाएको छ ।
सरकारले नै राजदूत ओहदालाई हल्का बनाइदिँदा पूर्व राजदूतहरूलाई राजदूत भन्दा पनि हिनाताबोध हुने अवस्था आएको पूर्व राजदूतसमेत रहनुभएका कुटनीतिज्ञ डा. गणेश याेञ्जन बताउनुहुन्छ ।
यसअघि केपी शर्मा ओली नेतृत्व सरकारकाे दुई कार्यकालमा राजनीतिक नियुक्ति पाएका १२ राजदूतलाई देउवा सरकारले फिर्ता बोलाएको छ । अमेरिकाका लागि डा.युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी, चीनका लागि महेन्द्रबहादुर पाण्डे, भारतका लागि नीलाम्बर आचार्य राजदूत छन् । शक्तिशाली मुलुकमा रहेका राजदूत एकैपटक फिर्ता गर्ने निर्णय सरकारले गरेको हो ।
सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ ।
परराष्ट्र सेवाबाट गएका राजदूत भने फिर्ता हुने छैनन् । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायतका सबै राजदूत तत्कालै फिर्ता हुनुपर्नेछ ।
यस्तै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, कतारका लागि नेपाली राजदूत नारद भारद्वाज, स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसमेत फिर्ता हुनुपर्ने छ ।
यसैगरी इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य लगायतका राजदूतसमेत फिर्ता हुनेछन् । अघिल्लो सरकारले राजदूत नियुक्तिको मापदण्ड विपरीत केही व्यक्तिलाई राजदूत बनाउने निर्णय गरेको थियो । त्याे निर्णयसमेत वर्तमान सरकारले फिर्ता गरिसकेको छ ।
राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएको भए पनि त्यसको परिपालना नभएको भन्दै आलोचना हुँदै आएको थियो ।
राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूत फिर्ता बोलाइएको र ती देशमा छिट्टै नयाँ राजदूत नियुक्त गर्ने सरकारको तयारी छ ।