स्याङ्जा १९ असोज । मोटरसाईकल र स्कुटर चोरी गरेको आरोपमा ४ जना युवा पक्राउ परेका छन्।
चोरीका आरोपित रुपन्देही र स्याङ्जाका हुन्। पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिकाका ३४ वर्षीय विष्णुबहादुर नेपाली र २८ वर्षीय प्रकाश सिन्धौली (सार्की) हुन।
यसैगरी, भीरकोट नगरपालिकाका २० वर्षीय बिप्लव श्रेष्ठ र २० कै ज्ञानबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
उनीहरुबाट ७ वटा मोटरसाइकल र २ वटा स्कुटर भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ गरेका ४ जनालाई चोरी मुद्धा दर्ता भै स्याङ्जा अदालतबाट म्याद थपगरी अनुसन्धान गरीरहेको प्रहरीको भनाई छ।
Wednesday, February 5
Trending
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन
- फागुन ६ देखि हुने सातौं स्याङ्जा महोत्सवको ८० प्रतिशत काम पुरा
- नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना
- सातौं स्याङ्जा महोत्सवमा रत्यौलीदेखि आमा (एकल) नृत्य सम्म प्रतियोगिता