स्याङ्जा ८ माघ । बिरुवा गाउँपालिकाका एक सय घरपरिवारलाई कम्बल बितरण गरिएको छ। उनीहरुका बस्तीमै पुगेर सहयोगी संस्थाका पदाधिकारी सहितको टोलीले ती सामाग्री हस्तान्तरण गरिएको हो ।
बिरुवा गाउँपालिका वडा नं। १ स्थित वरदाह र ५ स्थित पुष्पगाउँका विपन्न तथा दलित बस्तीलाई लक्षित गर्दै मानव मिलन संस्था र नेपाल यूनेस्को क्लवको सहकार्यमा कम्बल प्रदान गरिएको यूनेस्को गण्डकी प्रदेश अध्यक्ष दिपक शर्मा वाग्लेले जानकारी दिनुभयो । जाडो समय संगै बढेदो कोरोना संक्रमणका बेला बस्ती मै लगेर उपलब्ध गराइएका ती कम्वलले विपन्न परिवारलाई राहत पुग्ने विश्वासले यो अभियान गरेका उहाले बताउनुभयो ।
अघिल्लो पटकको लकडाउनका बेला पनि शर्माले आफनै पहलमा १७ बोरा चामल सहित खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । पुष्पगाउँका ८० घरपरिवार र बरदाह गाउँमन २० घरलाई एक÷एक वटा कम्वल प्रदान छ । शर्मा सोही पालिकाबासी हुन भने नेपाल बिद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको इकाई सभापति हुनुहुन्छ ।